पुस २७ को बिदा फिर्ता नलिए शिहदरवामा थुक्ने जनजातिको चेतावनी

          

     २७ पुस ,काठमाडौं । गणतन्त्रपछि २०६४ बाट सरकारले पुस २७ लाई एकता दिवस नमनाउने निर्णय गर्दै दिँदै अाएको सार्वजनिक विदालाई खारेज भईसक्दा अाज पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीको रुपमा सरकारले सार्वजनिक विदा दियो ।
सरकारको यो निर्णयमा असहमति जनाउदै सर्वोजनिक बिदा तुरुन्त फिर्ता हुनुपर्ने माग राख्दै आदिवासी जनजाति लगाएत नेवाः जागरण मञ्च, नेपाः युथ अर्गनाइजेशनले पृथ्वीनारायण शाहा हत्याराको संज्ञा दिएको छ । शाहलाई एकताको प्रतिकको रुपमा नमान्‍नेहरुले विरोध गर्दै राजधानीमा र्ह्याली निकाली किर्तिपुर स्थित छ्याक ल्हो पुगी स्वरूप थुकेर बिरोध गरेको छ ।  

 

 
एकीकरणको नाममा राजधानी जित्ने उदेश्यले विभिन्न छल कपट ,जालझेल गर्दै युद्द जित पश्चात क्रुरता पुर्वक किर्तिपुरका बासिन्दाको नाक काटी दण्ड को नाउमा चन्द्रागिरी जंगलमा धेरैको झुन्ड्याई हत्या गरेको भन्दै उत्तर दिशामा रहेको ठुलो ढुंगामा थुक्ने प्रचलन चलाएका थिए ।
बिहिबार येसैलाई निरन्तरता दिदै आदिवासी नेता अन्काजी सेर्पा ,नेवार अग्रज सुजित बज्राचार्य ,उमेश स्थापित ,श्यामकृष्ण प्रजापति लगाएतले सामुहिक रुमा थुकेर विरिध गर्दै सरकारले बिदा फिर्ता नलिए अर्को बर्ष शिहदरवारमा आएर थुक्ने चेतावनी दिएको छ । नेपालमा गणतन्त्र स्थापना भन्दा पहिलो अाजैको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइन्थ्यो । 

 फोटो ;- बुद्ध शरण शाही 

Loading...