गोविन्द केसीको आन्दोलनबारे जेलबाटै बालकृष्ण ढुङ्गेलले भने सलाम

काठमाडौं, २७ पुस । जनयुद्धकालिन मुद्दालार्इ ब्यूताएर सर्वाेच्चकै अादेशमा जेल हालिएका माअाेवादी नेता बालकृष्ण ढुङ्गेलले डा. गाेविन्द केसीकाे अान्दाेलनप्रति समर्थन जनाएका छन् । काठमाडाैं डिल्लिबजारमा रहेकाे सदरखाेर कारागारबाट ढुङ्गेलले डा. केसीकाे अान्दाेलनलार्इ सलाम भनेका छन् ।

ढुङेलले अाफ्ना अाफन्तमार्फत याे सन्देश बाहिर पठाएका हुन् । अाफ्ना वुवालार्इ भेट्न सदरखाेर कारागार पुगेकी ढुङ्गेलकी छाेरी विनिता ढुङ्गेलले सामाजिक सञ्जाल फेसबुकमा याे कुरा सार्वजनिक गरेकी छन् । ढुङ्गेलकी छोरी विनिताले बालकृष्णकाे भनार्इ उदृत गर्दै आफ्नो फेसबुक वालमा लेखेकी छन्– ‘इतिहासकै दोस्रो पटक दोस्रो व्यक्ति बनेर अदालती अत्याचार र व्यापारिक न्यायसम्पादनका विरुद्ध आवज बुलन्द गर्दै अदालती अन्यायको विरुद्धमा आन्दोलनको विभिन्न स्वरुपमध्ये एउटा आमरण अनसन जस्तो जोखिमयुक्त आन्दोलन गर्नु हुने डा. गोविन्द केसीको साहस र आन्दोलनलाई एक्यबद्धतासाथ मेरो अभिवादन छ ।’

२०५५ असार १० मा ओखलढुङ्गाका भुवन भनिने उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा कार्तिक १४ गते काठमाडौंको सातदोबाटोबाट पक्राउ परेका उनले उनले अदालतका विरुद्ध केसीले चलाएको आन्दोलनमा समर्थन जनाएका हुन् ।

छोरी विनिताले आफू १५ दिनपछि बुबालाई भेट्न जाँदा आफूलाई बुबाले यो सन्देश पु¥याई दिन भनेको उल्लेख गरेकी छन् । दुई छोरी र एक श्रीमती रहेका ढुङ्गेल कपन बस्दै आएका छन् ।

यसअघि अदालत पीडित संघ खोलेर बालकष्ण ढुङ्गेलले आफूहरुमाथि अदालतले अन्याय गरेको भन्दै पक्राउ पर्नु अघि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुलाई भेटेर जनयुद्धकालिन मुद्धालाई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत हल गरिनु पर्ने जोड दिएका थिए ।

यस्ताे छ ढुङ्गेल पुत्री विनिताले सार्वजनिक गरेकाे स्टाटस

Loading...