घुस लिने नायब सुब्बाविरुद्ध मुद्दा दायर

 

 पुस २५,काठमाडौँ /    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बा राजु गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार नायब सुब्बा गौतमले जग्गाधनी प्रमाणपुर्जाको मोहीको नाम लगत कट्टा गर्ने प्रयोजनमा एक सेवाग्राहीसँग रु ६ हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका थिए । 

आयोगले नायब सुब्बा गौतमलाई कैद सजायको मागदाबी गरिएको जनाएको छ । 

Loading...