राजाको शासनभन्दा चर्को निरङ्कुशता लादियो : गगन थापा

गोविन्द केसीको गिरफ्तारी विरुद्ध बाबुराम भट्टरार्इ, गगन थापा र रविन्द्र मिश्र सडकमा

काठमाडाैं,२५ पुस । सर्वाेच्च अदालतका प्रधानन्यायाधिशकाे विराेधमा अनसन बसेकाे भन्दै पक्राउ परेका डा. गाेविन्द केसीकाे पक्षमा पूर्व प्रधानमन्त्री, मन्त्री सहित राजनैतिक दलका नेताहरु सडकमा अाेर्लिएका छन् ।

केसीकाे गिरफ्तारी व्यक्तिकाे बाेल्न पाउने स्वतन्त्रताकाे विरुद्ध भएकाे भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापा, विवेकशील साझा पार्टीका संयाेजक रविन्द्र मिश्रलगायतका नेताहरु सडक प्रदर्शनमा छन् । उनीहरुले याे हदैसम्मकाे निरङ्कुशता भएकाे अाराेप लगाएका छन् ।

अाज बिहानै ८ बजेदेखि माइतीघर मण्डलामा डा. केसीकाे समर्थनमा प्रदर्शन भइरहेकाे छ । साेही प्रदर्शनमा भट्टरार्इ, थापा र मिश्र उपस्थित भएका हुन् । उनीहरुसँगै विभिन्न पार्टीका अरु थुप्रै नेता तथा कार्यकर्ताहरु पनि प्रदर्शनमा सहभागी भएका छन् ।

माइतीघरमा जम्मा भएका प्रदर्शनकारीकाे सभालार्इ सम्वाेधन गर्दै पूर्व स्वास्थ्यमन्त्री गगन थापाले याे घटनाले २०६१ सालकाे घटनाकाे स्मरण गराएकाे बताए । २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले निरङ्कुश शासन लगाएकाे र त्याे बेला सडकमा कसैले पनि बाेल्न नपाउने अवस्था रहेकाे स्मरण गराउँदै अहिले पनि त्यस्तै निरङ्कुशता लादिएकाे बताए । २०६१ सालमा राजाका विरुद्ध बाेल्दा राजाकाे मानहानी गर्याे भनेर अाफूलार्इ पक्राउ गरिएकाे उनले बताए । राजाकाे मानहानी गरेकाे भन्दै पक्राउ गरेर सर्वाेच्च अदालतमा पेश गरिरहेकै बेला बाहिर जम्मा भएका समर्थकले ठूलाे ठूलाे स्वरमा ज्ञाने चाेर देश छाेड भन्ने नारा लगाएकाे कुरा सुनाउँदै थापाले ठीक त्यसैगरी अहिले डा. गाेविन्द केसीले केही बाेल्दा मानहानीकाे अाराेप लाग्छ भने अाफूसहित भेला भएका सबैलार्इ मानहानीकै मुद्दा लगाउन अाग्रह गरे । अाफूहरुले पनि अदालतकाे गलत निर्णयकाे विराेध गरिरहेकाे उनले स्मरण गराए । याे विषय कुनै एक व्यक्तिसँग सम्बन्धित विषय नभएकाे बताए । अदालतप्रतिकाे सम्मान कानुनकाे कुनै धारामा नभइ जनताकाे विश्वासमा हुने उनले बताए । जनताकाे विश्वास गुमाएकाे दिन त्याे लर्खराउने उनले बताए । मुहान सफा भयाे भने मात्र त्यसभन्दा तलका भंगालाहरु सफा हुने उनले बताए । त्याे अान्दाेलनमा अाफ्नाे पूरापूर समर्थन रहेकाे उनले बताए । उनले डा. केसीलार्इ तत्काल रिहा गर्न माग पनि गरे ।

यसैबीच महाराजगञ्ज टिचिङ अस्पतालमा अनसनस्थलबाटै पक्राउ परेका डा. गाेविन्द केसीलार्इ अाज बिहान ९ बजे नै सर्वाेच्च अदालतमा पेश गरिएकाे छ । सर्वाेच्च अदालतकै प्रधानन्यायाधिश गाेपालप्रसाद पराजुलीका विरुद्ध अनसन बसेका केसीलार्इ साेमबार प्रहरीले गिरफ्तार गरेकाे थियाे ।

केसीलाई अदालतको अबहेलना गरेकाे मुद्दामा सर्वाेच्चले पक्राउ गर्न अादेश दिएकाे थियाे । एक रात अनामनगरमा रहेकाे प्रहरी हिरासतमा राखेर केसीलार्इ बिहानै सर्वाेच्चका मुद्दा महाशाखाका प्रमुख नारायण पन्थीको कार्यकक्षमा पुर्याइएकाे हाे ।

केसीसँगै उनका कानुन व्यवसायी सुरेन्द्र भण्डारी मुद्दा महाशाखामा उपस्थित भएका थिए । केसीकाे पक्राउ विरुद्ध प्रदर्शन हुने अाशङ्कामा अाज बिहानैदेखि सर्वोच्च अदालत वरपर बिहानदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा कडा गरिएको छ ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली साढे ९ बजे अदालत आए पनि पेसी सूची सार्वजनिक भएको छैन । सर्वोच्च अदालतले चार वर्ष पुरानो मुद्दामा चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त गरिएका डिन डा. शशि शर्मालाई पुनर्बहाली गरेको भन्दै केसी सोमबार अपरान्ह ४ बजेदेखि अनसन बसेका थिए । केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै अनशन बसेलगत्तै अदालतमा मुद्दा दायर भएको थियो ।

Loading...