अस्पतालदेखि विद्यालय, नुनदेखि सुनसम्म पाईला पाईलामा ठगिँदैछन् उपभोक्ता

काठमाडाैं, २४ पुस । सरकारी निकायको फितलो अनुगमन तथा कमजोर कानुनको फाईदा उठाउँदै ब्यापारीले कम गुणस्तरको सामान महँगो मुल्यमा उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ ।

उपभोक्ता अधिकारका विषय नारामा मात्र सीमित रहँदा वस्तु तथा सेवा क्षेत्रमा उपभोक्ता पाईला पाईलामा ठगिने गरेका छन् । व्यवसायीले हरेक क्षेत्रमा उपभोक्ता ठगिरहेको विभिन्न अध्ययनले देखाएको छ ।

स्वास्थ्य, शिक्षा, खाद्यान्न, पेट्रोलियम, सुनचाँदी, पेयपदार्थ, माछामासु, तरकारी, फलफुल, अटोमोबाईल, यातायात, लत्ताकपडा, ड्राईभिङ्लगायतका अधिकांश क्षेत्रमा उपभोक्ता ठगिरहेको पाईएको छ ।

नियमनकारी निकायबीच समन्वय नहुँदा ठगी गर्ने व्यवसायीलार्इ प्राेत्साहन मिलेकाे र बजार उपभाेक्तामुखी भन्दा व्यवसायीमुखी बन्दै गएकाे अधिकारकर्मीकाे अाराेप छ । 

बजारमा सरकारकाे कमजाेर उपस्थिति छ । साथै कर्मचारी र व्यवसायीबीच मिलेमताे भएका कारण कानुनकाे उल्लंघन गर्ने क्रम निकै बढेकाे छ । २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने भए पनि व्यवसायीले दाेब्बर तेब्बर मुल्य लिइ उपभाेक्ता ठगिरहेका छन् । 

Loading...