भिएस निकेतन कलेजका सञ्चालकको नर्भिकमा निधन

काठमाडौं, २३ पुस । पूर्व सांसद तथा प्याब्सनका पूर्व अध्यक्ष डा. बाबुराम पोखरेलको निधन भएको छ ।

पोखरेलको आज बिहान निधन भएको हो । पोखरेल तत्कालिन संविधान सभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट समानुपातिक सभासद बनेका थिए ।

पोखरेल स्वासप्रस्वास र मुटुसम्बन्धी रोगबाट पीडित थिए । आज बिहान अचानक ट्वाइलेट जाने क्रममा लडेका पोखरेललाई नर्भिक अस्पताल लगिएको थियो ।

उनको अस्पतालमा उपचारकै क्रममा निधन भएको प्याब्सनका महासचिव राजेन्द्र बानियाले बताए । बानियाँका अनुसार पोखरल ६८ देखि ७० सम्म प्याव्सनका अध्यक्ष रहेका थिए भने हाल बरिष्ठ उपाध्यक्ष रहेका छन् ।

मिनभवनस्थित भिएस निकेतन स्कुलका संस्थापक समेत रहेका पोखरेल अन्दाजी ६६ वर्षका रहेका थिए ।

Loading...