कान्तिपुरका मालिक कैलाश सिरोहियासँग २५ करोड माग्दै अजय सुमार्गीले अदालतमा हाले मुद्दा

काठमाडौ, २३ पुस । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहिया विरुद्ध अर्का चर्चित व्यापारी अजय सुमार्गीले अदालतमा मुद्दा दायर गरेका छन् । पछिल्लाे समय ठूलाे सम्पती कमाएका व्यापारी अजय सुमार्गीले सिराेहियाले अाफ्नाे मिडियाकाे दुरुपयाेग गरी अाफ्ना विरुद्ध गाली बेइज्जयति गरेकाे भन्दै त्यसवापत उक्त रकम भराइ पाउन मुद्दा दायर गरेका हुन् । 

सुमार्गीले काठमाडाैं जिल्ला अदालतमा सिरोहियाबाट २५ करोड क्षतिपूर्ति भराइपाउनुपर्ने माग दावीसहित गाली बेइज्जति मुद्दा दायर गरेपछि यसले थप चर्चा पाएकाे छ ।सुमार्गीका कानुनी सल्लाहकार मोहन पोखरेलका अनुसार २५ करोड माग दावीसहित आइतबार काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरिएको हो । मुद्दा वारेसनामा मार्फत दर्ता गरिएको पोखरेलले बताए ।

यसअघि कैलाशले सुमार्गीले श्रोत नखुलेको २२ अर्व रुपैयाँ नेपाल ल्याएको समाचार आफ्ना संचारमाध्यमबाट प्रकाशन तथा प्रशारण गरेका थिए । त्यसलगत्तै सुमार्गीले आफू र आफ्नो परिवारको ज्यानमाथि खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग सुरक्षाको माग गरेका थिए ।

आर्थिक लेनदेनको मामिलामा कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाबाट सांघातिक हमला समेत गराउने आशंका व्यक्त गर्दै मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिका अध्यक्ष समेत रहेका सुमार्गीले प्रशासन समक्ष सुरक्षाको माग गरेपछि यो मुद्धाले ठुलै चर्चा पाएको थियो ।

उक्त निवेदनमा सिरोहियाले आर्थिक सौदाबाजी गरेको र आफूले नमानेपछि धम्की दिने र कान्तिपुर मिडिया ग्रुपका संचार माध्यममा आफूविरुद्ध नभएका समाचार सम्प्रेषण गराएको सुमार्गीले दाबी गरेका थिए ।

२०७० साल असार १६ गते सिरोहियाकै अनुरोधमा आफूले सिरोहियाको झण्डै ६ रोपनी जग्गा किनेको र एकबर्षपछि सिरोहियाले पुरानै मुल्यमा जग्गा फिर्ता मागेकोमा आफूले नमानेपछि सिरोहियाले आर्थिक सौदावाजी गर्दै धम्की दिएको सुमार्गीले दाबी गरेका छन् ।

Loading...