पाँच घन्टा नेपाल टेलिकमको नेटवर्क जाम, कसरी भयो यस्तो गम्भीर समस्या

काठमाडौं, २२ पुस । नेपाल टेलिकमपकाे नेटवर्क पाँच घन्टासम्म अवरुद्ध भएकाे छ । पाँचघन्टासम्म नेटवर्क अवरुद्ध भएपछि धेरै सेवाग्राहीहरु समस्यामा परेका छन् ।

शनिबार बिहानै नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको हाे । बिहान तीन बजेदेखि नेटवर्कमा आएको समस्या एकै पटक बिहान आठ बजेमात्र टेलिकमले समाधान गरेको हाे । ओभर हिटका कारण ट्रान्समिसनमा समस्या आउँदा पाँच घण्टासम्म टेलिकममा समस्या आएको टेलिकमका इन्जिनियर राजेन्द्र पौड्यालले जनाकारी गराए ।

पैड्यालका अनुसार पाटनको सुन्धारामा रहेको ट्रान्समिसनमा ओभरहिट भएका कारण यो समस्या देखिएको अनुमान गरिएको छ । ‘उक्त ट्रान्समिसनमा बिहिन तीन बजेबाट नै समस्या आएको थियो’, उनले भने, ‘अहिले उक्त समस्याको समाधान भई सकेको र नेटवर्कको पनि समस्या समाधान भइसकेको छ।’

Loading...