जलेको प्रिय मान्छेकाे खरानीकाे माया हुन्छ

गजलकार

यहाँ सबैलाई अाअाफ्नाे लगानीको माया हुन्छ

एकबार मात्रै अाउने जवानीकाे माया हुन्छ

 

गाउँ छाेडेर बसाइँ हिड्दा काे रुँदैन हाेेला र

बगी जाने अाँसुलाई अाँखाकाे नानीकाे माया हुन्छ

 

भाेगाइपिच्छे फरक हुन्छ जिन्दगीको स्वाद ‘नि

लाखाैं प्रयासमा नछुट्ने बानीकाे माया हुन्छ

 

गाेधुँलीमा फर्किन्छन् गुँडमा चराचुरुङ्गीहरु

माेही पारिने ठेकीलाई मदानीकाे माया हुन्छ

 

दिनभर जति सहे पनि घातप्रतिघातहरु

रातमा प्रेमले साथ दिने सिरानीकाे माया हुन्छ

 

तनावले अँध्यारोमा भाैतारिने जाेकसैलाई

स्निग्ध अनि सुकाेमल बिहानीकाे माया हुन्छ

 

यहाँ सबै भङ्गुर छ भनी कस्लाई छैन थाहा?

जलेको प्रिय मान्छेकाे खरानीकाे माया हुन्छ

 

Loading...