‘बम–सरस्वती स्मृति पुरस्कार’ लामिछानेलाई

बागलुङ, २९ असार । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ चितवनका साहित्यकार ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ लाई प्रदान गरेको छ । २०४औँ भानु जयन्तीको अवसरमा बिहीबार यहाँ आयोजित समारोहमा बागलुङका प्रमुख जिल्ला अधिकारी, ऋषिराम तिवारीले पुरस्कार प्रदान गरे ।

नगद १० हजार राशिको उक्त पुरस्कार बागलुङको मूलपानीमा जन्मी हाल बेल्जियममा रहनुहुने कवि दीपेन्द्र केसीले स्व हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वती केसीको स्मृतिमा स्थापना गरेका हुन । नेपाली भाषा र साहित्यको उन्नयनमा पु¥याएको योगदानको कदर गर्दै लामिछानेलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए ।

पुरस्कार प्रदान गर्दै प्रजिअ तिवारीले पुरस्कारले कवि, लेखकको सिर्जनाकर्ममा थप उत्प्रेरणा थप्ने उल्लेख गरे । पुरस्कार ग्रहणपछि बोल्दै साहित्यकार लामिछानेले पुरस्कारले आफूहरुलाई थप जिम्मेवारी बोध भएको प्रतिक्रिया दिए । पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्षसमेत रहनुभएका लामिछाने साहित्यिक क्षेत्रमा ‘गोर्खे साइँलो’ नामले परिचित छन् ।

लामिछानेका ‘सम्मोहन’, ‘मुस्कान’, ‘सुत्रमाला’ गजल संग्रह र छन्द कविताको संग्रह ‘कादम्बरी’ प्रकाशित छन् ।

Loading...