विद्युत प्राधिकरणमा जागिर लगाइदिने भन्दै लाखौ पैसा ठग्ने पक्राउ

काठमाडौँ, २१ पुस । नेपाल विद्युत् प्राधिकरणमा स्थायी जागिरमा नाम निकालिदिने भन्दै रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणबाट विज्ञापन भएको सिनियर मिटर रिडर पदमा आवेदन दिएकामध्ये केही आवेदकसँग सप्तरी बलान विहुल गाउँपालिका घर भएका जयप्रकाश दास र सिराहा भगवानपुर घर भएका अशोककुमार मुखियाले सम्पर्क गरी जागिरमा नाम निकालिदिने भन्दै १० लाख लिएर सम्पर्कविहीन भएका थिए ।

दासले आफू श्रम मन्त्रालयको कर्मचारी भएको तथा विद्युत् प्राधिकरणका महाप्रबन्धकलगायत ठूला कर्मचारीलाई आफूले चिनेको भन्दै आफ्नो बैंक खातामा १० लाख जम्मा गर्न लगाइ फरार भएका थिए ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले मुखिया र दासलाई पक्राउ गरी मुलुकी ऐन ठगी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि काठमाडाँै जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न म्याद थप भएको जनाएको छ ।

यी दुई अभियुक्तले अन्य चार जना व्यक्तिलाई समेत ठगी गरेको भनी महाशाखामा जाहेरी दिन आएको भन्दै प्रहरीले अन्य पीडित पनि ठगेको हुनसक्ने भएकाले अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

उनीहरुउपर मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार पाँच वर्षसम्म कैद र बिगो भराइ बिगोबमोजिम जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ ।

Loading...