सामसुङको ग्यालेक्सी ए–८ नेपालमा आयो

काठमाडाै । सामसङ इलेक्ट्रोनिक्सले यसै साता मध्यम गुणस्तरको ग्यालेक्सी ए–८ स्मार्टफोनको बिक्री सुरु गर्ने योजना बनाएको छ । यसका लागि देशकै २ नम्बरको मोबाइल क्यारियर केटीले मंगलबारदेखि नै प्रिअर्डर लिन सुरु गरिसकेको छ ।

मोबाइल क्यारियरले ग्यालेक्सी ए–८ स्मार्टफोनको कारखाना मूल्य ५ लाख ९९ हजार ५ सय वन अर्थात् ५ सय ६१ डलर पर्ने जनाएको छ । बिक्री योजनाका आधारमा छुट पनि उपलब्ध गराइनेछ । यो फोन कालो, नीलो र सुनौलो रङमा उपलब्ध हुने बताइएको छ । यसको आधिकारिक सार्वजनिक गर्ने कार्यक्रम शुक्रबारलाई तोकिएको छ ।

ग्यालेक्सी ए–८ स्मार्टफोनमा सामसङका उच्च कोटीका मोडलहरूको विशेषता पनि समावेश गरिएको छ । यसमा मोबाइल भुक्तानी प्रणाली, सामसङ पे लगायतका विभिन्न विशेषताहरू समावेश छन् । यसमा गियर भीआर पनि हुनेछ ।

ग्यालेक्सी ए–८ स्मार्टफोन अगाडिपट्टिको भागमा दुईवटा क्यामेरा भएको पहिलो ग्यालेक्सी डिभाइस हुने पनि दक्षिण कोरियाली प्रविधि कम्पनीले जनाएको छ । यसमा सेल्फीका लागि १६ मेगापिक्सेल र ८ मेगापिक्सेलका क्यामेरा समावेश गरिएको छ । पछाडिपट्टिको भागमा पनि १६ मेगा पिक्सेलकै क्यामेरा राखिएको छ ।

Loading...