उत्कृष्ट ब्रान्डमा दर्ज भयो गोल्डस्टार जुता

काठमाडाैं । पुस १३ गतेदेखि पुस १८ गतेसमम भृकुटीमण्डपमा आयोजना गरिएको ‘१४औं फुटवेयर एन्ड लेदर गुड्स एक्स्पो २०७४’ मा किरण सुज म्यानुफ्याक्चरर्सको उत्कृष्ट उत्पादन तथा नेपालको सबैभन्दा बढी ख्याति प्राप्त जुत्ता गोल्डस्टार जुत्ताले उत्कृष्ट ब्रान्डको पुरस्कार जितेको छ ।

एक सातासम्म आयोजना गरिएको यो कार्यक्रममा गोल्डस्टारले सबैभन्दा बढी ग्राहक तथा दर्शकहरूको ध्यानाकर्षण गरी, सबैभन्दा बढी बिक्री–वितरण तथा आफ्नो उत्कृष्ट स्टलबाट विभिन्न प्रकारका गोल्डस्टार जुत्ताहरू ग्राहकसमक्ष प्रस्तुत गरी कार्यक्रमको ‘बेस्ट पर्फर्मेन्स अफ द इभेन्ट’ अर्थात् सर्वोत्कृष्ट ब्रान्डको पुरस्कार जितेको आयोजकले जनाएको छ ।

किरण सुज म्यानुफ्याक्चरर्सका बजार व्यवस्थापक तथा प्रदर्शनीमा गोल्डस्टार जुत्ताको प्रतिनिधित्व गरेका इरज श्रेष्ठका अनुसार गोल्डस्टार जुत्ताको माग तथा आकर्षण नेपाली प्रयोगकर्ताहरूमा चरममा रहेको अनुभव कम्पनीलाई भएको छ ।

Loading...