बालबालिकालाई शैक्षिक सामग्री वितरण

लहान, २० पुस । गत साउन महिनामा आएको बाढीबाट प्रभावित सप्तरीको तिरहुत गाउँपालिका वडा नं १, २ र ५ का ३०० बालबालिकालाई आज शैक्षिक सामग्री वितरण गरिएको छ ।

कारितास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले बाढीबाट प्रभावित सप्तरीको तिरहुत गाउँपालिका वडा नं १, २ र ५ का ३०० बालबालिकालाई स्विटर, पाइन्ट, सर्ट, झोला, कापी, कलम, पेन्सिल, इलेजरलगायतका शैक्षिक सामग्री वितरण गरेको हो ।

तिरहुत गाउँपालिका २ नं वडा कार्यालयमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरी र युएनआरसिओका प्रतिनिधि पुनिता मण्डलले संयुक्तरूपमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरे ।

Loading...