निवासमै पुगेका रअका प्रमुखलार्इ प्रचण्डले भने, ‘एमालेले बखेडा नझिकेसम्म अर्को गठबन्धनतिर लाग्दिन’

काठमाडौं, १९ पुस । नेकपा एमाले-माओवादी केन्द्रबीच एकता र नयाँ सरकार गठनको बहस चलिरहेको छ । दुबै पार्टीका नेताहरु अागामी पार्टी नेतृत्वबारे छलफलमा व्यस्त छन् । छलफल पार्टीभित्र र दुबै पार्टीका नेताहरुबीच भइरहेको छ ।

यसैगरी नेपाली काँग्रेसले एमाले-माकेको गठबन्धन तोड्‍ने प्रयास गरिरहेको छ । उसले प्रचण्डलाई पाँच वर्षसम्म प्रधानमन्त्री बन्‍न अाग्रह गरिरहेको छ । एमाले र माकेको एकतामा ढिलाइ भएकोले पनि शंका बढिरहेको छ ।

यसैबीच भारतीय गुप्चर ‘रअ’का प्रमुख प्रचण्डको बेडमै पुगेका छन् । राजनीतिक सहयोगसहित रअका प्रमुख अनिल धसमाना प्रचण्डको नयाँ निवासको बेडमा पुगे । सँगै काँग्रेस नेता अमरेशकुमार सिंह र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसहित सोमबार विहानै खुमलटार पुगेर प्रचण्डलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेका थिए ।

एक महिनादेखि काठमाडौंमा रहेका प्रमुख अनिलसँगै बसेका अमरेशकुमार र महतोले रअका प्रमुखलाई लिएर प्रचण्ड निवास पुगेका दुई नेताले तत्काल बाम गठबन्धन छोड्न र पाँच बर्षे प्रधानमन्त्री बन्न आग्रह गरेको बताइएको छ ।

सोमवार दिउँसो ३ बजे प्रचण्ड निवास खुमलटार पुगेका अनिलले प्रचण्डसँग ४५ मिनेट गोप्य वार्ता गरेका थिए । वार्तामा दुबै मधेसी नेता पनि सहभागी थिए ।

प्रचण्ड निकट स्रोतका अनुसार चुनावको परिणामलाई अाफूले बेवास्ता गर्न नसक्ने जवाफ प्रचण्डले दिएका थिए । प्रचण्डले पार्टी एकताको धेरै छलफल अगाडि बढिसकेका कारण अहिलेकै अवस्थामा पछि हट्‍न नसक्ने बताउँदै एमालेले बखेडा झिकेपछि मात्र गठबन्धन तोड्‍नेबारे छलफल गर्न सकिने बताए ।

उता राजपाका नेता महतोले भने प्रचण्डले अाफूहरुको कुरालाई सकारात्कम रुपमा लिएको बताएका छन् । प्रचण्डले संविधान संशोधनको पक्षमा अाफू रहेको बताएको महतोले बताउँदै अाएका छन् ।

Loading...