रेडबुल बन्यो महिला डबल लिग भलिबल प्रतियोगिताको मुख्य प्रायोजक

काठमाडौं, १८ पुस । ढोरपाटन महिला डबल लिग भलिबलको १३ औ संस्करणलाई रेडबुलले मुख्य प्रायोजन गरेको छ ।

आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनबीर छन्त्याल र मुख्य प्रायोजक गोर्खाबु्रअरीका मार्केटिङ मेनेजर इन्द्र रेग्मीले आज तीन वर्ष लामो सम्झौतामा हस्ताक्षर गरे। प्रतियोगिताको नाम अब रेडबुल ढोरपाटन ग्: महिला डबल लिग भलिबल रहने छ । मुख्य प्रायोजन वापत रेडबुलले प्रत्येक वर्ष ११ लाखका दरले रकम उपलब्ध गराउने क्लबका अध्यक्ष छन्त्यालले जानकारी गराए ।

गोगंबुको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा आगामी माघ ४ देखि १९ सम्म उक्त प्रतियाेगिता हुने छ । प्रतियोगितामा सशत्र प्रहरीको एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यु डायमन्ड एकेडमी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, पोखराको टप्स हाई स्कुल, पूर्वान्चल क्षेत्रीय महिला भलिबलले सहभागिता जनाउने बताइएकाे छ ।

त्यस्तै काठमाण्डौंको पारामाउन्ट हाइ स्कुल, भक्तपुरको स्प्रिङडेल इङलिस स्कुल, श्री गाउा स्पोर्ट्स विकास समिति, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्री स्टार एकेडमीको पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । साविक विजेता रिड मोडल कलेजले भने यस प्रतियाेगितामा सहभागिता जनाएको छैन ।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार र उपविजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन् । यस्तै चौंथौ हुनेलाई ५० हजार, पाँर्चौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टिमले २० हजार नगद प्राप्त गर्ने छन् ।

Loading...