जाजरकोटदेखि रुकुम राडीसम्म सिधा यातायात सेवा सुरु

जाजरकोट, पुस १८ । जाजरकोट सदरमुकामदेखि रुकुमको आठबिसकोट नगरपालिकाको राडी बजारसम्म सीधा यातायात सेवा शुरु भएको छ ।

सोमबार जाजरकोट क्षेत्र नं ‘क’का नवनिर्वाचित प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको नेतृत्वमा सिस्ने हिमाल यातायात समिति रुकुम र भेरी गंगा बस व्यावसायिक समिति जाजरकोटबीच भएको छलफलबाट आज बिहानदेखि धीधा यातायात सञ्चालन गर्ने सहमति भएको थियो । भेरी गंगा यातायातको ना४ख ९३१७ नंको बस र तीन जीपसहित सांसद सिंहले उद्घाटन गरे । सो क्षेत्रमा सीधा यातायात सञ्चालनसँगै यातायातमा देखिएको मनपरी र आलोपालो प्रणाली प्रथा बन्द भएको छ ।

रिम्ना र छेपारेबीचमा रहेको भेरी पुल निर्माणसँगै सीधा यातायात सञ्चालन गर्न सजिलो भएको छ । जाजरकोटदेखि राडीसम्म दिवा सेवा बस सञ्चालन गरिने यातायात व्यवसायी भीमबहादुर शाहले जानकारी दिए ।

दलित बस्तीमा बिजुली

एक दलित बस्तीमा वर्षांैपछि बिजुली बलेको छ । त्रिवेणी नलगाड नगरपालिका वडा नं १२ बायाँकाँडाको दलित बस्तीमा तत्कालीन सांसद शक्ति बस्नेतको सांसद् विकास कोषको रु ४० लाख र स्थानीय दलित समुदायको श्रमदानबाट विद्युत् सञ्चालनमा आएको उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर विकले बताए ।

रुकुमको रिजिगार जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जाजरकोटको बायाँकाँडाका दलित बस्तीमा लाइन विस्तार गरी घर घर पु¥याइएको छ । करिब २५० घरधुरीलाई विद्युत् पुगेपछि स्थानीयवासी खुशी भएको विकले बताए । बायाँकाँडा, औलगुत्ता, तल्लुबगरलगायत गाउँमा विद्युत् पुगेपछि घर घरमा टिभी हेर्न र मोबाइल चार्ज गर्न सजिलो भएको स्थानीयवासी सर्पे कामीले बताए ।

छपन्न किलोवाट विद्युत् उत्पादन भएको रिजिगार जलविद्युत् आयोजनाबाट जाजरकोट र रुकुमका सयौँ स्थानीयवासीले सेवा पाएका छन् ।

Loading...