प्रेमभाव समेटिएको कारुणिक गीत ‘चोट’ बजारमा

काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा निरन्तरता दिँदै एकपछि अर्को गर्दै विभिन्न किसिमका सांगीतिक कोसेली बजारमा पस्कने क्रममा फेरी अर्को बिल्कुलै नौलो सांगीतिक कोसेली माया प्रेमका भाव समेटिएको कारुणिक गीत बजारमा आएको छ ।

‘चोट’ बोलको गीतलाई एसएनबि म्यूजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा विगत निकै लामो समय यता सञ्चार क्षेत्रमा क्रियाशिल एवं लोकप्रिय सर्जन साहस भट्टको लय रहेको छ ।

उनले यसअघि पनि व्यथा निकै छ, सानु तिम्रै नाम छ, मुटुको घाउ, जामाना नि के आयोलगाएतका थुप्रै गीतहरुमा आफ्नो सिर्जना सजाएर बजारमा पठाइसकेका छन् ।

त्यसै गरी ‘चोट’ बोलको गीतमा नेपाली लोक तथा दोहोरी गीत संगीतमा नै आफ्नो जीवन समर्पण गरेका सर्जन सन्तोष बानियाँले यस गीतमा शब्द भरेका छन् ।

सन्तोषले विभिन्न गीत संगीतमा आफ्नो सिर्जना सजाउनु मात्र होइन केहि गीतमा स्वर पनि भरिसकेका छन् । साथमा भुल्नेलाई भुल्न सक्ने, अन्तिम सन्देश, रुन्छु धर्केरलगाएतका गीतहरुबाट आफ्नो नाम स्थापित गरेका राजु बर्देवाले यस गीतको थेगो तयार पारेका छन् ।

कुलेन्द्र विश्वकर्मा र सीमा चन्दद्वारा स्वरबद्ध यस गीतको म्यूजिक भिडियोमा आश लाग्दा नवमोडल विश्व राईले अत्यन्त लोभ लाग्दो अभिनय गरेका छन् ।

साथमा सारिका केसीको पनि निकै मन छुने अभिनय यस गीतको म्यूजिक भिडियोमा देख्न सकिन्छ । बिक्रम चौहानद्वारा निर्देशित भिडियोलाई छायाकंन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् ।

Loading...