नेपाल एकायन कराते संघको आयोजनामा दोस्रो राष्ट्रि«य खुल्ला एकायन करातेयोगिता माघ १२ र १३ गते

 

पुष १७ , काठमाडौं/

नेपाल एकायन कराते संघको आयोजनामा दोस्रो राष्ट्रि«य खुल्ला एकायन करातेयोगिता संचालन हुने भएको छ । उक्त प्रतियोगिता २०७४ माघ १२ र १३ गते दुई दिन काभ्रे जिल्लाको वनेपा नगरपालिका ५ स्थित पोलिटेक्नीक मैदानमा आयोजना हुने भएको छ । उक्त प्रतियोगिताको उद््घाटन समारोह माघ १२ गते हुने छ ।

देश भरिका सात प्रदेशका करीब १२० जना महिला तथा पुरुष खेलाडीहरुले भाग लिने उक्त प्रतियोगितामा जम्मा १० वटा तौल समूहमा प्रतिस्पर्धा संचालन हुनेछन्् ।

प्रतियोगिताालाई सफल बनाउन नेपाल एकायन कराते संघका केन्द्रीय अध्यक्ष श्रीकृष्ण डंगोलको अध्यक्षतामा काभ्रे जिल्ला समितिका अध्यक्ष सुनील तामाङ्ग संयोजक रहेको ९ सदस्यीय प्रतियोगिता संचालन व्यवस्थापन समिती गठन गरिएको छ । जस अनुसार गृष्म राज श्रेष्ठ र सागर रंजीत (स्टेज), प्रेम राजवाहक (स्वयं सेवक), मनिष कायस्थ (अतिथि सत्कार), सागर मानन्धर, संगिता प्रजापति (उद््घाटन र समापन समारोह), संजय श्रेष्ठ (खेलाडी) तथा श्याम राजवाहक (प्रचार प्रसार) रहेका छन्् ।

Loading...