मेयेर- उपमेयर कुनै बिबाद् छैन गलत प्रचार हो :- मेयर शाक्य

रानीपोखरी पुनर निर्माण मल्लकालीन शिखर शैलीमा बन्ने

 

 

पुस १४ , काठमाडौं /  एतिहासिक रानीपोखरी पुनर्निर्माण सम्बन्धि सम्पदाविद र स्थानीयबासीको चर्को विरोधपछि काठमाडौं महानगरपालिकाले काम रोकेको छ । महानगरले पुरानै मौलिक स्वरुप भन्दा फरक कंक्रिट प्रयोग गरि संरचना समेत फेरिने गरि निर्माण कार्य बढाएको भन्दै गएको मंगलबार उप-मेयर हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितिमा स्थानीय सम्पदाविद लगाएत समुहले ताला बन्द गरेका थिए । लगतै मेयर विद्याशुन्दर शाक्य सहित महानगरका टोलीले ताला तोडे पछि संचार मध्यमहरुमा ठुलो चर्चाको बिषय बन्न पुगेको थियो ।

मयेर शाक्यले शुक्रबार एक कार्येक्रममा संचारमाध्यमले मेयर र उप-मेयरका बिषयेमा अतिरन्जित ढंगबाट अनावश्यक प्रचार गरेको भन्दै आफुहरु बिचमा कुनै बिमति तथा बिबाद नभएको स्पस्ट गर्दै संचारमाध्यमलाइ भ्रमचिदै सत्य तथ्य यथार्त् बुझेर समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । नेवा:जागरण मंचको आयोजनामा भएको कार्येक्रममा मेयर शाक्यले आफु सम्पदाको बिपक्षमा कुनैपनी हालतमा नरहेको स्पष्ट पार्दै रानीपोखरी पुनर्निर्मा भैरहदा आफु त्यसस्थानमा पुग्न नसक्नु ,बस्तुस्तिथि नजिकबाट बुझ्न नसक्नुनै गल्ति स्वकार गर्दै सबै बिज्ञटोलीको रायसल्लाह सुझाब अनुरुप रानीपोखरीलाई अब प्रताप मल्लकालीन सिखर शैली र स्वरुपमा मात्र होइन, त्यसबेलाको जस्तै निर्माण सामाग्री प्रयोग गरेर बनाउने निर्णय लिएको बताउदै सबैमा सहयोको अपिल गर्नुभएको छ । यस बाट रानीपोखरी फेरि पुरानै स्वरुपमा देख्न पाउने आशा जगाएको छ ।

महानगरले अहिले तत्काल अहिलेको लागि पुनर्निर्माणको काम रोखेको छ । तर, त्यहाँ बनिसकेका कंक्रिटका संरचना के गर्ने भन्ने निर्णय भएको छैन । अध्ययन समितिको रिपोर्टका आधारमा थप निर्णय लिइने मेयर विद्यासुन्दर शाक्यले जानकारी दिएका छन् ।

तर, सम्पदाविदहरु भने बनिसकेको कंक्रिट हटाउनु पर्ने र माटोको डिल लगाउनुपर्ने बताउँछन् । रक्षा मन्त्रि भीमसेन दास प्रधानले रानीपोखरी पुनरनिर्माण सबैको दाइत्व भएको कारण योबिषयलाई राजनैतीक बनाइनु नहुने बताउनु भयो ।  

फोटो :-बुद्ध शरण शाही

Loading...