आठौ नेवाः एकता दिवस सम्पन्न

 

  पौष १३ ,काठमाडौँ /  

नेवार जातिहरुको छता संगठन नेवाः देय् दबूको आयोजनामा आठौ नेवाः एकता दिवस बुधवार अधिराज्य भरि विभिन्न कार्येक्रम गरि व्रहतरुपमा मनाएको छ ।
ने.सं. ११३० अर्थात् बि. स २०६६ आठ बर्ष अगाडी आजकै दिन प्रथम पटक भएको नेवाः राष्ट्रिय सम्मेलनले नेवार जाती  भित्र रहेको विभेदको अनत्य भएको संदेश दिदै  नेवार जाती समान भएको भएको प्रस्ताव पारित गरेको उपलक्ष्यमा काठमाडौँको दशरथ रंगशालामा नेवाः स्वायत्त राज्य घोषणा गरेको हुदा यसैको सम्झनामा प्रत्यक बर्षझै निरन्तरता दिदै यस बर्ष पनि नेवाः एकता दिवसको आयोजना गरेको हो ।
बुधवार नेवार समुदाय आवद्द संघ सस्था ,अगुवा लगाएत काठमाडौँको नयाँसडक,भूगोलमा जम्मा हुदै र्याली सहित विभिन्न स्थान हुदै असन पुगेर सभा गरेको छ ।
नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारको सभापतित्वमा भएको कार्येक्रममा प्रमुख अतिथिका रक्षामन्त्री भीमसेनदास प्रधानले नेवार जातिले सक्रिय रुपमा राजनीतिमा नेत्रित्वो गरेमात्र जातीय अधिकार प्राप्त गर्न सक्ने बिचार राख्दै ३ नम्बर प्रदेशको नाम नेपलमण्डल राख्न आफुले प्रश्ताव गरेको बताउनुभयो ।
नेवार समुदाय अग्रज कर्ता मल्ल के सुन्दरले नेवाः एकता दिवसको उपलक्षमा सम्पूर्ण नेवारजाती एकढिक्का भएर ३ नम्बर प्रदेशको नाम पहिचान सहितको हुनुपर्नेमा जोड दिनुभयो ।
एमाले सभासद जीवनराम श्रेष्ठ, नेकपा माओवादी केन्द्रपाखें दिलीप महर्जन, संघीय समाजवादी फोरम नेपालबाट कृष्णबहादुर घःजुलगाएतले आआफ्नो बिचार राख्नुभएको थियो ।

Loading...