प्राइमको ५७ शाखा मैनापोखरीमा

दोलखा, १० पुस । ग्रामीण क्षेत्रको सेवालाई प्राथमिकता दिन प्राइम कमर्सियल बैंकले दोलखाको मैनापोखरीमा नयाँ शाखा विस्तार गरेको छ ।

जिल्लाको बैतेश्वर गाउँपालिका अन्तर्गत ५ नम्बर वार्ड मैनापोखरी दोलखाको दोस्रो आर्थिक केन्द्रका रुपमा मानिन्छ । यसअघि कुनै पनि बैंकका शाखा नरहेको मैनापोखरीमा अब प्राइम बैंक पहिलो कमर्सियल बैंक बनेको छ ।

बैंकका सञ्चालक दिनेश श्रेष्ठले मैनापोखरीमा आज शाखाको उद्घाटन गरेका हुन् । शाखाको उद्घाटन गर्दै श्रेष्ठले बैंकले ग्रामीण क्षेत्रमा सेवालाई प्राथमिकता दिइरहेको बताए । सो क्रममा उनले मकवानपुरको भिमफेदी र सुर्खेतमा पनि नयाँ शाखा विस्तारको तयारी सकिसकेको जानकारी दिए ।

प्रत्येक गाउँपालिकामा एउटा कमर्सियल बैंकको सेवा सुरु गर्ने व्यवस्था गरिए पनि नेपालका धेरै गाउँपालिकामा बैंक छैनन । स्थानीय निकायको निर्वाचन सम्पन्न भएर स्थानीय सरकार गठन भएपछि अब कमर्सियल बैंकहरु गाउँतिर केन्द्रित हुन थालेका छन् ।

Loading...