नृत्य निर्देशकको उद््घोषण तालीम सम्पन्न

  काठमाडौं, पुस ९ गते ।      नृत्य निर्देशन जस्तो श्रृजनात्मक क्षेत्रमा संलग्न नृत्य निर्देशकहरु बोल्ने क्षेत्रमा अगाडि आउन नसक्दा राज्यको कानसम्म आफ्ना कुराहरु पु¥याउन नसकिएको नृत्य निर्देशकहरुले बताएका छन्् ।
नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाले आयोजना गरेको एक हप्ते उद््घोषण कला तालीमको समापन समारोहका वक्ताहरुले आफ्ना समस्या सम्बन्धित निकायमा स्पष्ट रुपमा राख्नका लागी बोल्ने कला पनि हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका केन्द्रिय महासचिव नृपध्वज खत्रीले कतिपय अवस्थामा बोल्न आउँदैन भन्दै नृत्य निर्देशकहरु आफैंले आफैंलाई पछाडि धकेल्दै गएको भन्दै दुःख पोख्नुभयो । हरेक कार्यक्रम वा गतिविधिमा अन्य कलाकार, प्राविधिकहरुलाई बोल्नको लागी मञ्च उपलब्ध गराइने अवस्थामा नृत्य निर्देशकहरुलाई भने बोल्न दिनुपर्ने आवश्यकता नै महसूस नगर्ने भन्दै खत्रीले गुनासो गर्नुभयो । आवश्यक स्थानमा सहि तरीकाले आफ्ना कुरा राख्ने सकिने अवस्थामा राज्यले पनि आफ्ना समस्यामा ध्यान दिने पक्षमा खत्रीले जोड दिनुभयो । उद््घोषण तालीमका प्रशिक्षक संचारकर्मी बिराजकाजी राजोपाध्यायले नृत्य निर्देशन जस्तो श्रृजनात्मक कार्यमा संलग्न कलाकारहरुले सफल वक्ता वा उद््घोषक बन्ने बिचार बनाउनु निकै सकारात्मक विषय भएको बताउनुभयो । ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रुपकुमार शाक्यले हरेक क्षेत्रमा संलग्न व्यवसायी, पेशाकर्मीले बोल्ने कला सिक्नु नै पर्नेमा जोड दिनुभयो ।
ललितपुर महानगरपालिका वडा नं. ५का वडाध्यक्ष विकासमान श्रेष्ठले हरेक क्षेत्रमा वाक कलाको आवश्यकता रहनेमा जोड दिनुभयो । आफ्ना वडाबासीको लागी पनि उद््घोषण कलाको तालीमको आयोजना गर्ने योजना वडाध्यक्ष श्रेष्ठले घोषणा गर्नुभयो । त्यसैगरी संघका केन्द्रिय उपाध्यक्ष संजय शर्मा राजोपाध्यायले संघका विभिन्न गतिविधि र योजनाको बारमा जानकारी गराउनुभयो । संघ ललितपुर शाखाका अध्यक्षस्वजन रघुवंशीले शाखाको भावी योजनाको बारे जानकारी दिंदै निकट भविष्यमै संस्थाबाट ताल सम्बन्धि कार्यशालाको आयोजना गर्ने बताउनुभयो । अध्यक्ष रघुवंशीले संघबाट चर्या नृत्यमै ध्यान केन्द्रित गर्दै अगाडि बढ््ने बताउनुभयो ।
समापन समारोहमा तालीममा सहभागी प्रशिक्षार्थीहरुलाई ललितपुर महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले प्रमाण पत्र प्रदान गर्नुभयो । साथै वडाध्यक्ष श्रेष्ठले प्रशिक्षक बिराजकाजी राजोपाध्याय र तालीमका लागी स्थान उपलब्ध गराउनुहुने प्रगती आदर्श स्कूलका प्रधानाध्यापक रमेश शाक्यलाई पनि मायाको चिनो प्रदान गर्नुभयो ।
कार्यक्रममा संमुक्ता शर्मा राजोपाध्यायबाट मन्जुश्री नृत्य र राजीब बज्राचार्य, सुनिता महर्जन, श्रृजना माया तामाङबाट नेवार लोकनृत्य प्रस्तुत गरीएको थियो ।संघ ललितपुर शाखाका सचिव अनुप शाक्यबाट स्वागत गरिएको कार्यक्रमा कोषाध्यक्ष मजुना डंगोलले धन्यवाद व्यक्त गर्नुभयो ।

Loading...