एसियाली जुरखानी प्रतियोगितामा नेपाललाई एक स्वर्ण, चार कास्य

काठमाडौं, ९ पुस । फिलिपिन्समा जारी ६ औं एसियाली जुरखानी प्रतियोगितामा नेपालले एक स्वर्णसहित पाँच कास्यपदक जितेको छ । पुस ६ गतेदेखि शुरु भएको एसियाका १७ वटा देशहरु समावेश प्रतियोगितामा वीरजञ्ज निवासी कुन्दन साहले एक स्वर्ण जित्नुभयो ।

जुरखानीको कुस्ती विद्याको ५० देखि ६० तौल समूहमा साहले इरानका खेलाडीलाई हराएर स्वर्ण जित्नुभएको हो । जुराखानी खेल इरानबाटै शुरु भएको हो । सोही विद्याको ६० देखि ७० तौल समूहमा कीर्तिपुर, इटागोलका रोजन महर्जन तेश्रो हुनुभयो । चार्के चमानी विद्यामा सोही टोलका रोजित महर्जनले कास्यपदक जित्नुभयो । ललितपुर खोकनाका राजु महर्जन कबड््डे विद्यामा तेश्रो हुनुभयो ।

प्रशिक्षक रविन घिमिरेको नेतृत्वमा रहेको टोलीले समूहगत प्रतियोगितामा तेश्रो स्थान स्थान जित्न सफल रह्यो । समुहगत खेलमा रोजन महर्जन, रोजित महर्जन, राजु महर्जन, रोहित महर्जन र कुन्दन साहले कास्य पदक प्राप्त गर्नुभयो ।
उक्र प्रतियोगितामा भाग लिन पुग्नुभएका मुकेश ठाकुर मात्र पदकविहिन हुनुभयो । चारदिने प्रतियोगिताको लागि नेपाली खेलाडीको टोली पुस ५ गते फिलिपिन्स प्रस्थान गरेको थियो भने भोलि बेलुका ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ ।

यसअघि, काठमाडौंमा हालै भएको सार्कस्तरीय जुरखानी प्रतियोगितामो कास्य पदक प्राप्त गर्नुभएका रोजन महर्जनले नेपालले ल्याएको नतिजा प्रशिक्षक रविन घिमिरे र नेपाली खेलाडीलाई कडा मिहेनतको फल भएको गोरखापत्रलाई जानकारी दिनुभयो ।

Loading...