सङ्घीय समाजवादी फोरमले गर्यो संकल्प यात्रा

जनतालाई जागरुक बनाउदै महाशक्तिको रुपमा मजबुत पार्दै जाने

 

काठमाडाैं, ८ पुस । निर्वाचनबाट राष्ट्रिय दल भएकाे सङ्घीय समाजवादी फोरमले संकल्प यात्रा सुरु गरेकाे छ । साेही क्रममा फाेरम काठमाडौँ जिल्लाको आयोजनामा सबै किसिमको विभेदको अन्त्य, भाषा संस्कृति र सम्पदा बचाउन, अन्याय अत्याचार भ्रष्टाचारको विरुद्ध पहिचानको लागि संकल्प यात्रा सहित शनिबार मोटरसाइकल र्याली गरेको छ ।

काठमाडौ, कीर्तिपुर, खोकना, ललितपुर हुँदै भक्तपुरसम्म र्याली गरेको हाे । संकल्प र्याली उदघाटन गर्दै सहअध्यक्ष राजेन्द्र श्रेष्ठले छिमेकी देशहरुमा जनमुक्ति पछि मात्र विकासको गति लिएको र जातीय अधिकार सहितको स्वायत्त राज्य स्थापना भएको उदाहरण दिँदै , पाँचौ शक्तिका रुपमा स्थापित सङ्घीय समाजबादी फोरम नेपाल आउदा दिनहरुमा अझ जनतालाई जागरुक बनाउदै महाशक्तिको रुपमा मजबुत पार्दै जाने बताए । 

Loading...