जिल्ला प्रहरी कार्यालयको गेटमै टाउकोमा गोली हानेर ढालियो म्यादी प्रहरी एेडीलार्इ

कालिकाेट, ८ पुस । दुर्इ महिना राताेदिन खटाएर अन्तिममा न्यून तलब भत्ता दिएकाे र त्यही भत्ता पनि काटिएकाे भन्दै विराेध जनाउने म्यादी प्रहरीमाथि प्रहरीले कठाेर दमन गरेकाे छ । यसक्रममा कालिकाेटमा एक जना म्यादी प्रहरी गाेली प्रहार गरी मारिएका छन् ।

कालिकाेटमा मारिएका म्यादी प्रहरीलार्इ जिल्ला प्रहरी प्रमुख डीएसपी सुवासचन्द्र बोहोराले नै गाेली हान्न अादेश दिएकाे अाराेप लागेकाे छ । कालिकाेटकाे सान्नीत्रिवेणी गाउँपालिकाका २१ वर्षीय विवेक ऐडीलार्इ जिल्ला प्रहरी कार्यालयकाे गेटमै गाेली हानेर ढालिएकाे थियाे । गाेली उनकाे टाउकाेमा लागेकाे थियाे । टाउकाेमा गाेली लागेर जिल्ला प्रहरी कार्यालयकाे गेटमा ढलेका एेडीलार्इ तत्काल उपचारका लागि जिल्ला अस्पताल कालिकाेटमा पुर्याइए पनि उनकाे अस्पतालमा पुर्याएकाे केहीवेरबेरमै मृत्यु भएकाे थियाे ।

यसअघि दाेलखामा पनि प्रहरीले म्यादी प्रहरीमाथि निर्मम दमन गरेकाे थियाे । दाेलखामा प्रहरीकाे दमनबाट थुप्रै म्यादी प्रहरी घाइते भएका थिए । केहीकाे टाउकाे फुटेकाे थियाे भने केहीका हातखुट्टा भाँचिएका थिए । दाेलखामा म्यादी प्रहरीलार्इ भत्ता नै नदिएर लखेटन थालिएपछि विद्राेह भएकाे थियाे भने कालिकाेटमा भत्तामा व्यापक कटाैती गरिएपछि विराेध भएकाे थियाे । कालिकाेटमा तलवभत्ता बापतको अन्तिम किस्ताबाट प्रति म्यादी प्रहरी ३ हजार रुपैयाँ कटौती गरेको बुझिएकाे छ । निर्वाचनमा कालिकोटमा मात्र ९ सय जना म्यादी प्रहरी परिचालन गरिएकाे थियाे । जसअनुसार भत्ताबाट मात्र २७ लाख रकम कटाैती भएकाे देखिन्छ । म्यादी प्रहरीले अाफूहरुलार्इ दिइएकाे अन्य सुविधा पनि कटाैती गरिएकाे दावी गरेका छन् । 

शुक्रबार दिउसाे १२ बजे अाफ्नाे तलब निकै कम भएकाे र भत्तामा व्यापक कटाैती भएकाे भन्दै त्यसमा असहमति राखेर म्यादी प्रहरीहरु जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका थिए । शान्तिपूर्ण रुपमा अाफ्ना माग राख्न गएका उनीहरुलार्इ भित्र छिर्न अादेश नभएकाे भन्दै राेकियाे । तलब र भत्ता कम भएको गुनासो गर्न पुगेका उनीहरूको कुरा सुन्न कार्यालयले अटेर मात्रै गरेन, प्रहरीले अन्धाधुन्द लाठीचार्ज गरेर लखेट्ने प्रयास ग¥यो । त्यसपछि त प्रहरीले एकाएक गाेली चलाएकाे म्यादी प्रहरीकाे दावी छ । ताकीताकी गाेली हान्न थालिएपछि भागाभाग भयाे । साे क्रममा गेटमै रहेका २१वर्षीय विवेक एेडीकाे टाउकाेमै गाेली लाग्याे । प्रहरीले भने म्यादीले प्रहरीलाई लक्षित गरी ढंगामुडा प्रहार गर्न थालेपछि सुरुमा अश्रुग्यास र पछि हवाइ फायर गरेकाे जनाएकाे छ । 

प्रहरीको गेट अगाडी नै गोली लागेर ढलेका उनलाई आधा घण्टासम्म कसैले पनि उठाएन । उनलाई पत्रकार, नागरिकसमाज र उद्ययोग बाणिज्य संघका पदाधिकारीको पहलमा जिल्ला अस्पताल लगियो । ऐडीको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला अस्पतालका डा. सुभास शर्माले बताए ।

निर्वाचन सुरक्षाका लागि दुई महिनासम्म काम गरेका म्यादी प्रहरीलार्इ अन्तत: गाेली हानेर मारिएपछि कालिकाेटमा व्यापक विराेध बढेकाे छ । म्यादी प्रहरी र उनका अाफन्तले मृतक एेडीकाे शव जिल्ला प्रशासन कार्यालय अगाडि राखेर विराेध जनाएका छन् । आन्दोलनकारीले कालिकोट सदरमुकामको प्रतिमाचोक र जिरोप्वाइन्टमा रहेको प्रहरी बिटमा तोडफोड गरी आगजनी गरेका छन् । आगजनी पश्चात् प्रहरीको बिट पूर्णरुपमा ध्वस्त भएको छ ।

झडपमा अन्य दुई जना म्यादी प्रहरी घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनापछि म्यादीले मान्ममा रहेका प्रहरीका दुईवटा बिट तोडफोड र आगजनी गरे भने प्रहरीले हवाईफायर र अ श्रुग्यास प्रहार गरेर तिनलाई धपाउने प्रयास गरेको थियो ।

आन्दोलनकारीले जिप्रका माथि अन्धाधुन्ध ढुंगामुढा गरेपछि जवाफी कारबाहीका लागि प्रहरी बाध्य भएर गोली चलाएको कालिकोटका प्रहरी प्रमुख डिएसपी सुभासचन्द्र बोहोराले बताएका छन् । उनले म्यादीको पैसा जिप्रकाले नकाटेको जानकारी दिए । झडपमा एक दर्जन प्रहरी पनि घाइते भएका छन् ।

Loading...