समानुपातिकमा कुन दलको कति सीट पाए ? (आयोगले सार्वजनिक गरेको अन्तिम सूची हेर्नुहोस्)

काठमाडौं, ७ पुस । प्रदेशसभातर्फ समानुपातिक निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । निर्वाचन आयोगले शुक्रबार अपराह्न सार्वजनिक गरेको नतिजामा दुई नम्बर प्रदेशबाहेक सबै प्रदेशमा एमाले पहिलो दल बनेको हो ।

आयोगका अनुसार नेकपा एमालेले ७५, नेपाली कांग्रेस ७२, माओ‌वादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३, राष्ट्रिय जनता पार्टी १२ सिट पाएका छन्।

यसैगरी राप्रपा र विवेकशील साझा पार्टी ३/३, जनमोर्चाले २, नयाँ शक्तिले १ सिट र नेमकिपाले १ सिट प्राप्त गरेका छन् ।

समानुपातिकतर्फ सातै प्रदेशमा कुल २२० सिटः

प्रदेश नम्बर १ :

एमाले– १५, कांग्रेस– १३, माओवादी– ५, संघीय समाजवादी फोरम– ३, राप्रपा– १, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च– १ सीट ।

प्रदेश नम्बर २ :

कांग्रेस–११, राजपा– १०, संघीय समाजवादी फोरम– ९, एमाले– ७, माओवादी केन्द्र– ५, नेपाल संघीय समाजवादी पार्टी– १ सीट ।

प्रदेश नम्बर ३ :

एमाले– १६, कांग्रेस– १४, माओवादी– ८, विवेकशील साझा पार्टी– ३, नेमकिपा– १, राप्रपा– १, राप्रपा प्रजातान्त्रिक– १ सीट ।

प्रदेश नम्बर ४ :

एमाले– १०, कांग्रेस– ९, माओवादी– ३, राष्ट्रिय जनमोर्चा– १, नयाँ शक्ति– १ सीट ।

प्रदेश नम्बर ५ :

एमाले– १३, कांग्रेस– १२, माओवादी– ६, संघीय समाजवादी फोरम– २, राजपा– १, राष्ट्रिय जनमोर्चा– १ सीट ।

प्रदेश नम्बर ६ :

एमाले– ६, कांग्रेस– ५, माओवादी– ४, राप्रपा– १ सीट ।

प्रदेश नम्बर ७ :

एमाले–८, कांग्रेस– ८, माओवादी– ४, राजपा– १ सीट ।

Loading...