मुना र सविनको मायामा हल्ला चलाएपछि

काठमाडाैं, ६ पुस । प्रियसी म्युजिक प्रा.लि.को प्रस्तुतिमा गायिका मुना थापा मगर र गायक सविन तामाङको सुमधुर आवाजमा ‘दुनियाँले हल्ला चलायो’ गीत आजबाट युट्यूव मार्फत सार्वजनिक गरिएकाे छ । 

माया प्रेममा विछोडिनु पर्दा कसकाे मन पो खुसी हुन्छ होला र ? यस्ताेबेला मानिसका मनमा उब्जने भावना तथा माया-प्रेमका मार्मिक भावनाहरुलाई समेटेर तयार परिएको गीत दर्शक तथा श्रोताको रोजाईमा पर्न सफल हुने अपेक्षा गरिएको छ । 

मनभित्रको गहिरो चोटलाई पराइ मानिसहरुले आफनो प्रेमीकालाई वा प्रेमीलाई त्याग्ने अवस्थामासम्म पुर्याएको अवस्थाहरु समाजमा निकै छ ।

दुनियाँले नराम्रो भनेको देख्दा आफ्नी प्रेमीकालाई सम्झदा मायाको भाव सिर्जना हुने अवस्थालाई निकै कलात्मक रुपमा समेटिएको छ । कमल बस्नेतको शब्द तथा संगीत संयोजन रहेको गीतलाई मायामा निराधार आरोपको हल्ला चल्दाको परिदृश्य आधार बनाएर गाइएको छ।

मुकेश हुँमागाईको छायाङ्कन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन रहेको भिडियोमा कलाकारहरु सगुन शाही, कमल बस्नेतको अभिनय रहेको छ ।

Loading...