नेपालमा गम्भीर अपराध मानिने बिट्क्वाइनमा लगानी गरेर अमिताभ बच्चनले कमाए दुर्इ अर्ब

काठमाडाैं, ५ पुस । नेपालमा बिटक्वाइनकाे काराेबार अवैध मानिन्छ । यही अाराेपमा नेपालका धेरै मानिसहरु जेलमा छन् । केही समय पहिले दाेलखाकाे खिम्ति क्षेत्रबाट विटक्वाइनकाे प्रमुख उत्पादन केन्द्र नै पत्ता लगाएर साे कार्यमा सम्लग्न व्यक्तिहरुलार्इ जेल हालेकाे छ ।

तर, नजिककाे छिमेकी देश भारतमा भने यसकाे काराेवार हुन्छ । वलिउडका निकै सम्मानित कलाकार अमिताभ बच्चनले समेत विटक्वाइनकाे काराेवारबाट अरबाै कमाएका छन् । त्यसैगरी विश्वका थुप्रै देशमा मानिसहरुले विट्क्वाइनकै किनबेच गरेर अर्बपति बनेका छन् ।

बलिउडका सुपरस्टार अमिताभ बच्चन पनि विटक्वाइनमा लगानी गर्नेमध्ये ठूला लगानीकर्ता मानिन्छन् । बच्चनले बिटक्वाइनबाटै अहिलेसम्म १ अर्ब ७८ कराेड ८७ हजार रुपैयाँ कमाएकाे एक रिपार्टमा अाएकाे छ । उनले याे कमाइ साढे दुर्इ वर्षमै गरेकाे बुझिएकाे छ । बच्चनले २ करोड ५५ लाख रुपैयाँ मेरिडियन टेक पीटीईमा लगानि गरेका थिए । त्याे लगानी गरेकाे अढाई सालमा यसको मूल्य १७.५ मिलियन डलर (१ अर्ब ७८ करोड ८७ हजार रुपैयाँ) भएकाे हाे । बिटक्वाइनको एउटा सिक्काको मूल्य विश्व बजारमा ६ लाख रुपैयाँ भन्दा धेरै रहेको छ ।

अमिताभसँगै उनका छाेरा अभिषेक बच्चन पनि विटक्वाइनमा लगानी गरिरहेका छन् । बिजनेस स्टान्डर्डको रिपोर्ट अनुसार सन् २०१५ मा अमिताभ बच्चन र अभिषेक बच्चनले करिब २ करोड ५५ लाख रुपैयाँ मेरिडियन टेक पीटीईमा लगाएका थिए । यस फर्मको भाग्य तब बद्लियो, जब मेरीडियनको मुल सम्पत्ति जिड्डु डट कमलाई एक विदेशी कम्पनी लन्गफिन कर्पले किनिदियो । जब बच्चन परिवारले त्यो बेला जिड्डु डट कममा लगानी गरे तब त्यो एक क्लाउड स्टोरेज र ई-डिस्ट्रिब्यूशन स्टार्टअपका रुपमा परिचित थियो ।

बिजनेस स्टान्डर्डलाई मेरिडियन टेकका मालिक वेङ्कट श्रीनिवास मिनावलीले बताए अनुसार अमिताभ बच्चनले दुई एकाउन्टमार्फत कम्पनीमा लगानी गरेका थिए । एक एकाउन्ट अमिताभ बच्चनको नामको थियो । जसमा डेढ लाख डलर थियो ।

अर्को एकाउन्ट भने अमिताभ र अभिषेकको स‌ंयुक्त नाममा थियो । जसमा एक लाख डलर थियो । लन्गफिन कोर्पले बताए अनुसार आयात र निर्यातकर्ताले जिड्डु क्वाइनलाई बिटक्वाइनमा परिवर्तन गर्थे । त्यसपछि प्रयोग हुने पुँजी जस्तै यसको प्रयोग गरिन्छ ।

Loading...