शिवम् सिमेन्टले ३७ करोडको आईपीओ निष्काषण गर्दै

काठमाडाैं । शिवम् सिमेन्टस लिमिटेडले सर्वसाधारणलाई ३७ करोड बराबरको ३७ लाख कित्ता सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले पुस २५ गते बोलाएको दोस्रो वार्षिक साधारण सभामा आइपीओ निष्कासनको विशेष प्रस्ताव पेश गर्ने भएको छ ।

कम्पनीको कुल जारी पुँजी ३ अर्ब ७० करोड मध्येको १० प्रतिशत अर्थात ३७ करोड रुपैयाँ बराबरको ३७ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश हुने शिभमले जनाएको छ ।

धितोपत्र बोर्डले गतबर्ष मात्रै उत्पादन मुलक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेको थियो । यसै व्यवस्थालाई आधार मानेर शिभमले दश प्रतिशत आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रिमियम मूृल्यमा आइपीओ निष्कासन गर्न पाउनेछ ।

कम्पनीले जारीपुँजी ३ अर्ब ७० करोड रुपैयाँ मध्ये ९० प्रतिशत संस्थापक समूह र १० प्रतिशत साधारण समूहको स्वामित्व हुने गरी यसै साधारणसभाबाट प्रबन्धपत्र संशोधन गर्ने भएको छ । त्यस्तै कम्पनीले जारी भई मौज्दात रहेको सेयर कम्पनीमा कायम रहेका सेयरधनीले नलिने भएपछि जारीपुँजी ५ अर्ब रुपैयाँलाई घटाएर ३ अर्ब ७० करोड रुपैयाँ कायम गरिने जनाएको छ ।

यस्तै गत आर्थिक वर्षमा गरेको नाफाबाट उद्योगले सेयरधनीलाई प्रतिसेयर १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुने भएको छ । सन् २००९ मा स्थापनमा भएको शिवम् सिमेन्टस मकवानपुरको हेटौडामा रहेको छ ।

Loading...