रङ्गेहात पक्राउ परेका बैदेशिक रोजगार विभागका महानिर्देशक बिरूद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडाैं । बैदेशिक रोजगार विभाग काठमाडौंका महानिर्देशक विश्वराज पाण्डे, शाखा अधिकृत कृति वल्लभ पौडेल र नायव सुव्वा खड्गबहादुर के.सी बिरूद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

एक म्यानपावर कम्पनीको कामकाज तथा बैंक खाता सर्वोच्च अदालतले रोक्का फुकुवा गर्न आदेश भइसकेको अवस्थामा शाखा अधिकृत पौडेल र ना. सु. खड्गबहादुर के।सीले सोही प्रयोजनका लागि १० लाख घुस लिएको अवस्थामा रङ्गेहात पक्राउ परेका थिए ।

पीडितको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले अधिकृत कृति वल्लभ पौडेल र ना। सु। खड्गबहादुर के.सी.लाई घुस बापतको दश लाख लिइसकेको अवस्थामा र महानिर्देशक विश्वराज पाण्डेलाई अनुसन्धानको क्रममा नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले उनीहरूलाई जनही बिगो दश लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको हो ।

Loading...