भाडदौडमा बङ्गलादेशमा दश जनाको मृत्यु, कैयौँ घाइते

ढाका, ३ पुस । बङ्गलादेशमा एक जना राजनीतिक नेताको शोकमा आयोजना गरिएको प्रार्थना समारोहमा भागदौड हँुदा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

बङ्गलादेशको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने चिट्टागोङ शहरमा सोमबार भएको घटनामा अन्य ५० जना घाइते भएका छन् ।

चिट्टागोङ महानगर प्रहरीका प्रमुख इक्वाल बाहारले घटनामा परी दश जनाको मृत्यु भएको पुष्टि गरे । घाइतेमध्ये दश जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए ।

चिट्टागोङमा रहेको रिमा कम्युनिटी सेन्टरमा शोकका लागि भेला भएकाहरूबीच भागदौड भएको हो । सो ठाँउमा विषेश गरेर गैरमुस्लीम मानिसका लागि खानाको समेत व्यवस्था गरिएको थियो ।

मृत्यु भएकामध्ये अधिकांशको भीडमा अक्सिजनको कमी भै श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको बताइएको छ ।

प्रधानमन्त्री सेख हसिनाको सत्तारुढ दल बङ्गलादेश अवामी लिग पार्टीका नेता एबीएम मोहिउद्दिन चौधरीको निधनमा उनीहरू शोक व्यक्त गर्न भेला भएका थिए ।

चिट्टागोङका मेयरसमेत भइसक्नु भएका चौधरीको यही डिसेम्बर १५ तारिखका दिन निधन भएको हो । उनी झण्डै पाँच दशकदेखि राजनीतिम सक्रिय थिए ।

Loading...