राजपामाथि उपेन्द्र यादले लगाए यस्तो गम्भीर आरोप, २ नम्बर प्रदेशमा कसले बनाउला सरकार ?

काठमाडाैं, ३ पुस । प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा तालमेल गरेका दुर्इ पार्टीबीच मत परिणाम अाए लगत्तै यस्ताे चर्काे अालाेचना सुरु भएकाे छ । प्रदेश नम्बर २ मा राजपा र फाेरम बराबरी हैसियत अाएपछि यी दुर्इ दलले प्रदेश सरकार गठन गर्ने अनुमान गरिएकाे थियाे । तर, त्यसका विपरित दुर्इ दल सुरुदेखि नै एकअर्का विरुद्ध अाराेपप्रत्याराेपमा उत्रिएका छन् । यससँगै २ नम्वर प्रदेशमा राजपा र फाेरमले बाँकी अन्य घटकलार्इ जसले बहुमत ल्याउन सक्छ उसले सरकार निर्माण गर्ने देखिएकाे छ ।

यसैबीच संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनतापार्टी राजपा चना चटपटे घाेलेकाे जस्ताे चटपटे पाटी भएकाे बताएका छन् । उनले राजपासँग तत्काल कुनै पनि एकता सम्भव नरहेको पनि प्रष्ट पारेका छन् ।

स्पष्ट नीतिको अभाव र एकले अर्काको अस्तित्व स्वीकार्न नसक्ने राजपा नेताहरुको दम्भका कारण एकता तत्काललाई सम्भव नरहेको अध्यक्ष यादवले आरोप लगाए । प्रदेश र प्रतिनीधिसभा निर्वाचनमा चुनावी तालमेल गरेका मधेश केन्द्रीत दुई दलबीच एकीकरण हुने चर्चाकाबीच अध्यक्ष यादवको यस्तो भनाई आएको हो ।

यादवले राजपाकाे नेतृत्वमा रहेका नेताहरुमा एकले अर्काको अस्तित्व स्वीकार्नै नसक्ने खालकाे दम्भ रहेको बताए । उनले भने, “चना चटपटे घोले जस्तै एउटा पार्टीमा ६ जना अध्यक्ष रहेका छन् । त्यस्तो पार्टीसँग कसरी एकता गर्नु । अर्काको अस्तित्व स्वीकार्ने र नीतिगत रुपमा स्पष्ट भएर आए एकताका लागि आफ्नो पार्टी तयार रहेको यादवले जानकारी दिए । “

यादवले संविधान संसोधनको मुद्दालाई फेरि उठाउने बताए । मधेशी दलहरु ताजा जनादेशसहित आएकाले जनताको म्याण्डेट अनुसार संविधान संशोधनका लागि पुन: संघर्ष गर्ने यादवले बताए । 

Loading...