सिङ्गापुरलार्इ हराएर नेपाल बन्यो यु १६ को विजेता

काठमाडाैं । थाइल्याण्डमा आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि उचालेको हो ।

नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १२ रन मात्रै बनायो । नेपाललाई जिताउन सूर्य तामाङ र अजयकुमार लोनियाले समान ३–३ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । नेपालका विशालविक्रम केसीले ६३ रन बनाए । ७९ बल खेलेका केसीले ४ चौका र १ छक्कका हाने । यस्तै नट आउट रहेका नारायण जोशीले २३ बलमा ४६ रन बनाए ।

विस्फोटक ब्याटिङ गरेका जोशीले ५ चौका र १ छक्का हानेका थिए । यस्तै सुवास ऐर २२, तृतराज दास १९ तथा सुनिल भण्डारी १५ रनमा आउट भए ।

Loading...