समोसा खाने ग्राहकले ४६,००० बराबरको पाए

काठमाडौं, २७ मंसिर । समोसा खाने ग्राहकले सुन पाएको खबर सुन्दा छक्क पर्नु स्वभाविकै होला । राजधानीको ब्यस्त मानिने बजार  न्यूरोड पाको, रणमुक्तेश्वरमा रहेको अन्न कुत एस् एस् समोसा पसलले आफ्नो ग्राहकलाई सुन उपहार दिएकाे छ । साे पसलले मंगलबार एक ग्राहकलार्इ दस ग्राम सुन उपहार दिएको हाे ।

साे पसलले ‘समोसा खाऊ सुन पाउ’ अफर गरेकाे थियाे । जस अन्तर्गत एक सय रुपैयाँ बराबरको समाेसा खरिद गर्दा रु. ४६,००००/- बराबरकाे सुन पाउने पसलकाे अफर थियाे । साेही अफर अन्तर्गतकाे कुपन लिएका ग्राहक मध्येबाट लक्की ड्र गरेर कालिमाटी बस्ने निर्मला पौडेल भाग्यशाली बिजेता बनिन । विजेता पाैडेललाई प्रथम पाँच ग्राम, दोश्रो पाको बस्ने अञ्जना सुबेदीलाई तीन ग्राम र तेश्रो राजेन्द्र तामाङलाई दुर्इ ग्राम सुन प्रदान गरिएको छ ।

साथै रन्जना कम्प्लेक्समा रहेको एल एम सुनचाँदी पसलले बिजेता ग्राहकलाई गहना बनाएको ज्यालामा छुट समेत दिएको छ ।

Loading...