समानुपातिकमा कुन दलको कति मत ? यस्तो छ ४९ वटै दलको मत परिणाम

काठमाडौं, २७ मंसिर । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नउठाएरै धेरै साना दलले समानुपातिकमा मत मागेर संसदको यात्रा तय गरे । संसदमा हुने सरकार परिवर्तनको फोहोरी खेलमा उनीहरुले धेरै महत्व र मौका पनि पाए । साना दलका कतिपय नेताहरु मन्त्रीसमेत भए । पहिलो र दोस्रो संविधानसभामा करिव साढे दर्जन दल संविधानसभामा थिए ।

यसपटक भने त्यो सम्भावना पूरै कटेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार यसपटक प्रतिनिधिसभामा जम्मा ४ वटा दल मात्र हुने भएका छन् । बाँकी एउटा दल राष्ट्रिय दल हुन ३ प्रतिशत थ्रेसहोल्ड कटाउन निकै कनिकुथी गरिरहेको छ ।

अहिलेसम्म भएको मतगणनाबाट नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरमले समानुपातिक मत तर्फ व्यवस्था गरिएको ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका छन् । निर्वाचन आयोगले थ्रेसहोल्ड नकटाउने दलले संसदको सिट पनि नपाउने जनाएको छ । प्रत्यक्षमा १ सिट वा सोभन्दा माथि सिट जितेर समानुपातिकमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउने दलले मात्र संसद सिट पाउने व्यवस्था संविधानमा छ । अहिले प्रत्यक्षमा ११ सिट जितेको भए पनि राजपाको समानुपातिकतर्फ ३ प्रतिशत मत पुगेको छैन । राजपाले अहिलेसम्म समानुपातिकमा २.४८ प्रतिशत मात्र मत पाएको छ । मतगणना भइरहेकाले उसको ३ प्रतिशत पुग्नसक्छ । यदि राजपाले तीन प्रतिशत मत कटाउन सकेन भने तीन समानुपातिकतर्फ छुट्याइएका ११० सिट चारदलले आआफूले पाएको मतबराबर बाँड्नेछन् । यदि राजपाले ३ प्रतिशत मत कटायो भने ११० सिटबाट कम्तिमा तीन सिट उसले लिनेछ । बाँकी सिट अरु चार दलले आफ्नो मतप्रतिशतका आधारमा सांसद पाउनेछन् ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ १ करोड ५ लाख मत खसेको छ । जसअनुसार अहिलेसम्मको मतगणनाअनुसार एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार समानुपातिकमा ४९ वटा दलले चुनावमा भाग लिएका थिए । त्यसमध्ये अधिकांश दलले केही सय मात्र मत पाएका छन् । तीन सय मत नकटाउने दल पनि धेरै छन् ।

यस्तो छ ४९ वटै दलको मत परिणाम

क्र.सं.

राजनैतिक दल

मतचिन्ह

पाएको मत

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

सूर्य

1859240

नेपाली काँग्रेस

रुख

1770092

नेकपा (माअाेवादी केन्द्र)

गोलाकारभित्र हसिया हथौडा

726957

संघीय समाजवादी फोरम, नेपाल

हातले समातेको मशाल

227846

राष्ट्रिय जनता पार्टी नेपाल

छाता

169559

राष्ट्रिय प्रजातन्त्र पार्टी

गाई

125091

विवेकशील साझा पार्टी

तराजु

115738

नयाँ शक्ति पार्टी, नेपाल

 देब्रे आँखा

54298

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)

गोलाकारभित्र हलो

41251

१०

राष्ट्रिय जनमोर्चा

गिलास

34338

११

एकल चिन्ह हसिया तारा लिएका

हँसिया तारा

22701

१२

राष्ट्रिय जनमुक्ति पार्टी

घर

20851

१३

नेपाल मजदुर किसान पार्टी

मादल

16565

१४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

दाप सहितको खुकुरी

16237

१५

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)

आयाताकारभित्रको हलो

14768

१६

नेपाल संघीय समाजवादी पार्टी

बस

12582

१७

नेपाली जनता दल

गोरु गाडाको चक्का (पाङ्ग्रो)

11426

१८

बहुजन शक्ति पार्टी

जग

9572

१९

मंगोल नेशनल अर्गनाइजेसन

कुखुराको भाले

8979

२०

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल

मुठ्ठी

7292

२१

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)

गाग्री

6288

२२

नेपाल जनता पार्टी

कमलको फूल

4359

२३

आमूल परिवर्तन मसिहा पार्टी नेपाल

हृदय

3320

२४

जनशक्ति नेपाल

गोलाकारभित्र छाता

3263

२५

राष्ट्रिय मुक्ति आन्दोलन नेपाल

षटकोण

2505

२६

नेपाः राष्ट्रिय पार्टी

खड्ग

1885

२७

नेपाल लोकतान्त्रिक जनता काँग्रेस

दुई आँखा

1514

२८

चुरेभावर लोकतान्त्रिक पार्टी

भकुण्डो

1120

२९

ग्रीन पार्टी नेपाल

ऊँट

1005

३०

नेपाली कांग्रेस (बी.पी.)

करुवा

896

३१

नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक)

डोको

886

३२

नेपालवाद

तारापूञ्ज

843

३३

नेपाल समावेशी पार्टी

सुगा

800

३४

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी)

कोदालो

781

३५

तामाङसालिङ लोकतान्त्रिक पार्टी

बज्र

714

३६

नेपाल युवा किसान पार्टी

केराको काईंयो

678

३७

नेपाल दर्शन

भुईंकटहर

560

३८

राष्ट्रिय समाजवादी पार्टी, नेपाल

पृथ्वी

559

३९

एकल चिन्ह सिपाही लिएका

सिपाही

545

४०

राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल

डाँफे

496

४१

नेपाल नौलो जनवादी पार्टी

चुच्चोले चिठ्ठी बोकेर उड्न लागेको परेवा

495

४२

युवा नेपाल पार्टी

मोटर साईकल

470

४३

नेपाल दलित पार्टी

इनार

465

४४

देशभक्त लोकतान्त्रिक पार्टी

ऐना

434

४५

संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल

हवाईजहाज

414

४६

जनप्रजातान्त्रिक पार्टी, नेपाल

गैंडा

379

४७

देशभक्त समाज

जरायो

281

४८

लिवरल डेमोक्रेटीक पार्टी

दमाहा

263

४९

हाम्रो पार्टी

धारा

227

 

याे पनि पढ्नुहाेस्

चार वटा दल मात्र राष्ट्रिय दल बन्ने, बाँकीको समानुपातिक सिट कटौती

Loading...