दुर्इ नम्बर प्रदेशमा एमाले नाजुक, २ ठाउँमा जित शुन्य अग्रता

काठमाडाैं, २४ मंसिर । समग्र निर्वाचनमा धेरै ठूलाे अग्रता बनाइरहेकाे नेकपा एमालेकाे २ नम्बर प्रदेशमा भने नतिजा निकै नराम्राे भइरहेकाे छ । प्रदेश नं २ को मतगणना हुँदा प्रतिनिधिसभातर्फ अहिलेसम्म १२ वटा क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

प्रतिनिधि सभा तर्फ प्रदेश नं. २ मा एमालेले अहिलेसम्म २ ठाउँमा मात्र जित हासिल गरेकाे छ । एमालेका लिलानाथ श्रेष्ठले सिराहा क्षेत्र नं ३ बाट विजय हासिल गरेका छन भने सुरुदेखि पछाडि परेका एमाले नेता रघुविर महासेठले धनुषा क्षेत्र नम्बर ४ बाट जित हासिल गरेका छन् । एमालेले बाँकी जित्ने सम्भावना पनि देखिएकाे छैन । एमालेले अरु कुनै पनि क्षेत्रमा अग्रता लिन पनि सकेकाे छैन । एमालेले सिराहा क्षेत्र नं १ मा भने नेपाली कांग्रेसका उम्मेदवारकाे पछि पछि पट्याइरहेकाे छ । सिराहा १ मा नेपाली कांग्रेसका प्रदिप गिरी १६ हजार १ सय ३८ मतका साथ अग्र स्थानमा छन भने नेकपा एमालेका गंगाप्रसाद यादवले १३ हजार ८ सय ३१ मतका साथ पछ्यारहेका छन्। यहाँ एमालेले जित्ने अाशा गरेकाे भए पनि यादवले मत बढाउन सकेका छैनन ।

प्रदेश नं २ का ८ वटा जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन । अहिलेसम्मको मतपरिणाम अनुसार राष्ट्रिय जनता पार्टीले ५ ठाउँमा विजय हासिल गरेको छ भने ४ ठाउँमा अग्रता लिएको छ ।त्यसैगरी संघीय समाजवादी फोरम नेपालले अहिलेसम्म ३ ठाउँमा जित हासिल गरेकाे छ भने ६ ठाउँमा अग्रता लिएको छ।

त्यसैगरी नेपाली कांग्रेसले २ ठाउँमामात्र जित हासिल गरेकाे छ । कांग्रेसले रौतहट-क्षेत्र नं. २ र ४ मा मात्र विजय हासिल गरेकाे हाे । नेपाली कांग्रेसका देवप्रसाद तिमलसेनाल रौतहट क्षेत्र नं ४ र २ बाट मोहम्मद आफताब आलमले जितेका छन् ।

त्यस्तै माअोवादी केन्द्रले पनि एउटा ठाउँमा मात्र विजय हासिल गरेकाे छ । माओवादी केन्द्रका प्रभु साहले रौतहढ क्षेत्र नं ३ बाट जितेका हुन् । माओवादी केन्द्रले केही ठाउँमा अग्रता भने बनाइरहेकाे छ । अहिलेसम्म महोत्तरी १, सिराहा क्षेत्र नं २, सर्लाही क्षेत्र नं ३, महोत्तरी क्षेत्र नं १, धनुषा क्षेत्र नं १ गरि ५ ठाउँमा माकेकाे अग्रता छ।

 

 

Loading...