रामचन्द्रसँगै तनहुँबाट २६ वर्षपछि पूरै स्वीप भयो कांग्रेस, किसानले यसरी हराए रामचन्द्रलार्इ

तनहुँ, २४ मंसिर । नेपाली कांग्रेसमा देउवाका कट्टर प्रतिस्पर्धी मानिएका रामचन्द्र पाैडेल पराजित भएका छन् । २६ वर्षदेखि लगातार तनहुँबाट चुनाव जित्दै अाएका पाैडेल यसपटक वामगठबन्धनका अगाडि टिक्न सकेनन् ।

पाैडेललार्इ वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका किसानकुमार श्रेष्ठले पराजित गरेका हुन् । त्याे पनि ठूलै मत अन्तरले पाैडेललार्इ पराजित गरेका छन् किसानले । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य बनेका पौडेलले २७ हजार ६ सय ७५ मत पाएका छन् । उनलार्इ पराजित गर्ने एमालेका किसान श्रेष्ठले भने ३४ हजार ४ सय ८९ मत ल्याएका छन् ।

पाैडेललार्इ पराजित गर्ने किसान श्रेष्ठ यसअघि २०७० सालमा भएको दाेस्राे संविधानसभाकाे निर्वाचनमा भने पराजित भएका थिए । त्यतिबेला करिब ४५ सय मतले मात्र पराजित भएका श्रेष्ठले यसपटक माअाेवादी केन्द्रकाे साथ पाएपछि उल्टाे ६ हजार ४ सय १४ मत अन्तरले पराजित गरेर बदला लिएका छन् ।

पाैडेल कांग्रेसमा जहिले पनि एउटा धार बनाएर त्यसकाे नेतृत्व गर्ने र अन्तत: एउटालार्इ समर्थन गरेर सम्झाैतामा अगाडि बढ्दै अाएका थिए । उनी अब देउवाका विकल्पका रुपमा उभ्याइएका थिए । कांग्रेसले राम्राे परिणाम ल्याएकाे भए पनि पाैडेलले यसपटक देउवालार्इ पाखा धकेलेर अाफू प्रधानमन्त्री र पार्टी सभापति हुने दाउ साेचेका थिए । उनी अाफैले अाफूलार्इ भावी अबकाे प्रधानमन्त्री र पार्टी सभापतिकाे रुपमा घाेषणा गर्दै अाएका थिए । यद्यपी यसपटककाे चुनावमा देउवाले अाफू नै अबकाे प्रधानमन्त्री भएकाे प्रचार व्यापक रुपमै गरेका थिए ।

तनहुँमा यसपटक पाैडेलकाे हार मात्र भएन कांग्रेस पूरै स्वीप भएकाे छ । दुर्इ निर्वाचन क्षेत्र र चार प्रदेश रहेकाे तनहुँमा कांग्रेसले कुनै पनि सिट जित्न सकेन । यसअघि २०४८ सालदेखि क्षेत्र नं. १ र २ मा कांग्रेसले लगातार जित्दै आएको थियो ।

Loading...