घर किनेर पनि हारिन आरजु, भनिन देउवाकै कारण हार्नुपर्यो, जेलबाटै उम्मेदवारी दिएका लक्ष्मण थारु तेस्रो

कैलाली, २४ मंसिर । प्रधानमन्त्री शेरबहादुर पत्नी अारजु राणा वामगठबन्धनबाट पराजित भएकी छन् । कैलाली क्षेत्र नम्बर ५ मा बाट नेपाली कांग्रेसकाे उम्मेदवार बनेकी अारजुलार्इ वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका नारदमुनि रानाले पराजित गरेका हुन् ।

एमालेका नारदमुनि रानाले २७ हजार २ सय २ मत पाएका छन् भने प्रम देउवा पत्नी अारजु राणाले २२ हजार ३ सय २२ मत पाएकी छन् । साेही क्षेत्रबाट चुनाव लडेका राष्ट्रिय जनता पार्टी राजपाका लक्ष्मण थारु भने तेस्राे स्थानमा परेका छन् । हाल जेल जीवन बिताइरहेका लक्ष्मण थारुले जेलभित्रैबाट वारेसमार्फत उम्मेदवारी दिएका थिए । उनी कैलालीकाे टिकापुरमा प्रहरीका एसएसपीसहित ७ प्रहरी र एक नाबालककाे हत्या अाराेपमा जेल परेका हुन् । उनले ६ हजार ४ सय ६४ मत पाएका छन् ।

काठमाडाैंमा हुर्के बढेकी अारजु राणा यसपटक चुनाव लड्न कैलाली पुगेकी थिइन । स्थानीयवासी भएकाे देखाएर चुनावी माहाेल बनाउन उनले धनगढीमा एउटा घर किन्नका लागि कराेडाै रकम वैना पनि गरेकी थिइन । यसलार्इ धेरैले उनकाे नाटकवाजी भएकाे भन्दै अालाेचना गरेका थिए । तर, उनी अन्तत: पराजित भएकी छन् । हारेपछि उनले वैना गरेकाे घर किन्छिन वा किन्दिन त्यसले उनले नाटक गरेकाे अाराेप लगाउनेहरुकाे कुरा थाहा हुनेछ । अारजुले चुनावमा पराजित हुँदै गर्दा अाफ्ना नजिकका कार्यकर्तासँग अाफू पति देउवाकै कारण हार्न पुगेकाे गुनासाे गरेकाे कैलाली कांग्रेसका एक नेताले बताए । देउवाले समग्र हारकाे जिम्मा लिनुपर्ने पनि उनले प्रतिक्रिया दिएकाे स्राेतले बतायाे ।

Loading...