वामले मत बढाउँदै गर्दा बालकोटमा ओलीले बोले यस्तो बोली

 

भक्तपुर, २४ मंसिर । देशभर वामगठबन्धनले अग्रता लिइरहेका बेला गठबन्धनका प्रमुख नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले पत्रकार भेटघाट गरेका छन् ।

भक्तपुरकाे बालकाेटमा रहेकाे अाफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै अाेलीले वामगठबन्धनले अब नेपाललार्इ नमूना देश बनाउने बताए । उनले निर्वाचनअघि वामपन्थी विरुद्ध फैलाइएका भ्रम र सरकारले मच्चाएको अराजकतालाई जनताले परास्त गरेको दावी पनि गरे ।

ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सन्तोषजनक रहेको भन्दै वामपन्थी गठबन्धनलाई देश बनाउने चुनौती आइपरेको बताए । उनले त्याे चुनाैतीकाे सामना गर्न अाफूहरुले त्यस्तै प्रकारका नीति र कार्यक्रम लिएर अग्रगमनको दिशामा अघि बढ्ने उद्घाेष गरे ।

एमालेका युवा नेता महेश बस्नेतलार्इ साथमै राखेर पत्रकारसँग कुराकानी गरेका अाेलीले भक्तपुर २ बाट जितेकाेमा उनलार्इ बधार्इ पनि दिए । उनले भने, ‘निर्वाचनको परिणाम हामीले सोचेअनुसार नै आएको छ, अब यो देशलाई विकास र सम्बृद्धिको बाटोमा लगेर नमूना देश बनाउन लाग्नुपर्छ ।’

उनले थपे, “सामाजिक सदभाव, राष्ट्रिय एकता कायम गर्दै सम्बृद्ध देश निर्माण गर्ने दायित्व कम्युनिस्ट पार्टीको काँधमा आएको बताए । उनले देशलाई सम्बृद्ध बनाउन कम्युनिस्टहरु गम्भीर, स्वच्छ र पारदर्शी हुनुपर्ने कुरामा जोड दिए ।” ओलीले आफूहरु जितमा नमात्तिने र हारमा नआत्तिने संस्कारबाट आएको दावी पनि गरे ।

Loading...