प्रचण्डबारे नेपाली सेनाले तयार पारेको यस्तो गोप्य रिपोर्ट बाहिर आयो

चितवन, २४ मंसिर । चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लडेका वामगठबन्धका प्रमुख नेता पुष्पकमल दाहालले हार्ने दावी केहीले गरिरहँदा नेपाली सेनाकाे एउटा गाेप्य रिपाेर्ट बाहिर अाएकाे छ ।

नेपाली सेनाले तयार पारेकाे एउटा रिपाेर्टमा प्रचण्डले ७ हजार मत अन्तरमा चुनाव जित्ने उल्लेख छ । प्रचण्डकाे चुनावी नतिजालार्इ अहिले निकै चासाेका साथ हेरिएकाे छ । गत स्थानीय निर्वाचनमा एमालेका देवी ज्ञवालीलार्इ हराउन मत च्यात्नेसम्मकाे क्रियाकलाप माअाेवादी केन्द्रबाट भएका कारण प्रचण्ड अहिले त्यही एमालेसँग मिलेर चुनाव लडिरहेका कारण एमालेका केही मान्छेहरु भित्रभित्रै उनलार्इ हराउन लागि परेकाे बताइएकाे छ । तर, प्रचण्डले सुरुदेखि नै अफेन्सिफ प्रचारप्रसार छेडेका थिए । उनले पुत्री रेणु दाहालसँग पराजित भएका एमालेका देवी ज्ञवालीलार्इ नै अगाडि सारेर चुनावी अभियान अगाडि बढाएका थिए ।

त्यसपछि चुनावी प्रचार अभियानकै क्रममा पुत्र प्रकाश दाहालकाे निधन भएपछि उनी निकै निरास देखिन्थे । जसका कारण उनी चुनावी मैदानमा खट्न नसक्ने चर्चा पनि चलेकाे थियाे । त्यसपछि छाेराकाे श्रद्धाञ्जली सभा अायाेजना गरिएका बेला जनयुद्धमा समेत ठूलाे साध दिएका चर्चित कलाकार खुसिराम पाख्रिनकाे गीत गाउँदा गाउँदै हर्ट अट्याकबाट मृत्यु भएपछि उनी झन पीडामा परेका थिए । यसरी एकपछि अर्काे गरी दवावमा पर्दै अाएका प्रचण्डलार्इ उनका प्रतिस्पर्धी विक्रम पाण्डेले माडीकाे बाँदरमुढेमा जनयुद्धकालमै भएकाे घटनाकाे प्रसङ्गलार्इ उचालेर निकै सकसमा पार्न पनि खाेजे । प्रचण्डले माडीमा बाँदरमुढे घटनाका पीडितसँग ४ बुँदे सहमति गरेर उनीहरुलार्इ साथ लिने प्रयास गरे तर सत्यनिरुपण तथा मेलमिलाप अायाेगलार्इ नै उचालेर त्यसलार्इ उल्ट्याउने काम पनि गरियाे । यति धेरै हत्कण्डा पन्छाउँदै प्रचण्ड चुनावी मैदानमा रहे । मतगणनाकाे सुरुवातमा प्रचण्ड प्रतिस्पर्धी उम्मेदवार पाण्डेभन्दा पछि परेपछि उनले हार्ने चर्चा पनि चुलियाे ।

तर अहिले पछिल्लाे मतपरिणाममा प्रचण्ड अगाडि छन् । उनीभन्दा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डे ४ हजार ३ सय ८९ मतले पछाडि छन् । प्रचण्डले अहिलेसम्म १७ हजार १ सय ६१ मत पाएका छन् भने पाण्डेले १२ हजार ७ सय ७२ मत पाएका छन् ।

Loading...