मतगणना नसकिदै नारायणकाजीले ट्वीटरमा दिए बाबुरामलार्इ बधार्इ

काठमाडाैं, २३ मंसिर । गाेरखा २ का उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मतगणना नहुँदै हार स्वीकार गरेका छन् । श्रेष्ठले सामाजिक सञ्जालमा बाबुराम भट्टरार्इलार्इ बधार्इ दिएका छन् ।

गाेरखा २ काे मतगणना सकिएकाे छैन । मतगणना चलिरहे पनि उनले अाफ्नाे हार निश्चित भएकाे बुझेर ट्वीटरमा तीन वटा स्टाटस लेखेका छन् । उनले पहिलाे स्टाटसमा भनेका छन्, “गोर्खा २ का आदरणीय मतदाता को निर्णय लाई शिरोधार्य गर्दै बिजयका निम्ति डा•बाबुराम भट्टराई लाई हार्दिक बधाई । निर्बाचनमा मलाई समर्थन र सहयोग गर्नुहुने मतदाता,बाम-गठबन्धनका नेता-कार्यकर्ताहरु,आफन्तजन,शुभेच्छुकहरु सबै लाई आभार तथा धन्यवाद।”

त्यसैगरी श्रेष्ठले दाेस्राे स्टाटसमा भनेका छन्, “मेरो क्षेत्रको निर्वाचन परिणाम जे जस्तो भएपनि देश, जनता, सत्य र न्याय प्रतिको निष्ठामा अबिचलित रहि मानव मुक्ति र स्वतन्त्रताको यात्रामा निरन्तर सकृय रहनेछु।सम्पुर्ण नेपाली जनता र गोर्खाका जनताको सेवामा समर्पित रहनेछु ।”

उनकाे अर्काे स्टाटस यस्ताे छ, “मैले सधै नेपाली कम्युनिष्ट आन्दोलनको एकीकरण र बाम-गठबन्धनको पक्षमा प्रयत्न गरिरहें।ब्यक्तिगत रुपमा मेरो पराजय भएपनी बामगठबन्धनको शानदार बिजयबाट म अत्यन्त खुसी छु।मेरा लागि यो नै ठुलो बिजय हो।बाम सरकारद्वारा समाजवाद उन्मुख समृद्धि हाँसिल गर्न र पार्टी एकता सफल पार्न लागिपर्नेछु ।”

मतगणना चलिरह चुनावी प्रतिस्पर्धी डा. बाबुराम भट्टराईलाई जितका लागि बधाई दिएका छन् । उनले भनेका छन्, ‘गोरखा २ का आदरणाीय मतदाताको निर्णयलाई शिरोधार्य गर्दै विजयका निम्ति डा. बाबुराम भट्टराईलाई बधाई ।’

उनले आफ्नो निर्वाचन क्षेत्रको परिणाम जे जस्तो भएपछि देश जनता, सत्य र न्याय प्राप्तिका निष्ठामा अविचलित रहने बाचा गरेका छन् ।

यस्ताे छ नारायणकाजीकाे ट्वीट

Loading...