जाजरकाेटमा शक्ति बस्नेत विजयी, दुबै प्रदेशमा पनि वामगठबन्धनकाे जित

जाजरकाेट, २२ मंसिर । जाजरकाेटबाट प्रतिनिधि सभाका लागि नेकपा (माअाेवादी केन्द्र)का शक्तिबहादुर बस्नेत विजयी भएका छन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाकाे उम्मेदवार बनेका पूर्व गृहमन्त्री समेत रहेका बस्नेतले नेपाली कांग्रेसका राजिव शाहलार्इ पराजित गरेका हुन् । बस्नेतले शाहलार्इ ८ हजार ९ सय ९२ मत अन्तरले पराजित गरेका हुन् ।

बस्नेतले ३२ हजार २ सय ८१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजिव शाहले २३ हजार २ सय ८९ मत प्राप्त गरेका छन् । यसअघि भएकाे दाेस्राे संविधान सभाकाे निर्वाचनमा शक्ति बस्नेत निर्वाचन क्षेत्र नम्बर १ बाट सभासदमा विजयी भएका थिए भने शाह क्षेत्र नम्बर २ बाट सभासदमा विजयी भएका थिए ।

त्यसैगरी जाजरकाेटबाट प्रदेश ख मा वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका करविर शाही विजयी भएका छन् । शाहीले नेपाली कांग्रेसका दिपक जंग शाहलार्इ पराजित गरेका छन् । शाहीले १५ हजार १ सय ८५ मत प्राप्त गरेका छन भने उनका निकटत प्रतिस्पर्धी शाहले १० हजार ३ सय ६२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी जाजरकाेट प्रदेश क मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माअाेवादी केन्द्रका गणेश सिंह विजयी बनेका छन् । गणेशले १६ हजार ९ सय ११ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी बेदराजले १२ हजार ८ सय ७८ मत प्राप्त गरेका छन् । 

Loading...