बाबुरामको अग्रता बढ्दै जान थालेपछि गोरखामा विवाद, मतगणना स्थगित

गोरखा, २२ मंसिर । नयाँ शक्तिका बाबुराम भट्टरार्इ र माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका बीचकाे भिडन्त राेचक बनेकाे छ । सुरुमा केही समय अगाडि देखिएका वामगठबन्धनका उम्मेदवार श्रेष्ठ पछिल्लाे समय लगातार पछि पर्दै गएका छन् ।

यसैबीच गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको छ । मुचोकको चतुरमाला माध्यमिक विद्यालयको केन्द्रमा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि मतगणना स्थगित भएको हो । मुचुल्कामा भन्दा ४४ मत बढी भेटिएपछि लोकतान्त्रिक गठबन्धनले बिरोध जनाएको थियो ।

यो क्षेत्रमा माओवादीका नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईवीच प्रतिस्पर्धा छ ।

Loading...