प्रचण्डले बिक्रम पाण्डेसँगको मतअन्तर घटाए तर सकेनन् उछिन्न

काठमाडौं, २२ मंसिर । सुरुवातमा अग्रता लिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा पछि परेका छन् । केही समयअगाडिकाे भन्दा प्रचण्डले प्रतिद्वन्द्वी विक्रम पाण्डेसँगकाे दुरी घटाउँदै गएका छन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलार्इ कांग्रेसकाे समर्थन पाएका राप्रपाका विक्रम पाण्डले पछाडि पारेका छन् । पछिल्लाे मत परिणाम अनुसार प्रचण्ड पाण्डेभन्दा ५८ मत अन्तरले पछाडि छन् । बिक्रम पाण्डेले ८ सय ९३ मत पाएका छन भने प्रचण्डकाे मत ८ सय ३५ मत छ ।

 

Loading...