रविन्द्र मिश्र र प्रकाशमानबीच रोचक प्रतिष्पर्धा, यस्तो छ प्रारम्भिक मतपरिणाम

काठमाडाैं, २२ मंसिर। बिहीबार सम्पन्न काठमाडाैंकाे निर्वाचनकाे प्रारम्भिक परिणाम अाउन सुरु गरेका छन् । काठमाडाैमा सबैभन्दा बढी ध्यान तानेकाे छ १ नम्बर निर्वाचन क्षेत्रले ।

प्रारम्भिक मत परिणाम अनुसार काठमाडाैं १ मा यसअघि चर्चा गरिएका कांग्रेसका प्रकाशमान सिंहले पत्रकारिता छाडेर राजनीतिमा फड्काे हानेका रविन्द्र मिश्रकाबीच कडा प्रतिस्पर्धा चलिरहेकाे छ । अहिलेसम्मकाे मत परिणाम अनुसार प्रकाशमानसिंहले नै अग्रता लिएका छन् । जित्ने दावी गरिएका रविन्द्र मिश्र भने सिंहभन्दा २ सय ६६ मतले पछाडि परेर दाेस्राे स्थानमा छन् ।

कांग्रेस नेता प्रकाशमानले ९ सय ३६ मत ल्याउँदा रविन्द्र मिश्रले ६ सय ७० मत ल्याएका छन् । त्यसैगरी वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका अनिल शर्माले २ सय ३५ मत प्राप्त गरेका छन् ।

Loading...