रुकुम फेरि माओवादी केन्द्रको एकलौटी, जनार्दन ठूलो मत अन्तरले विजयी

काठमाडौं, २२ मंसिर । रुकुममा माअाेवादी केन्द्रले सबै पदमा विजय हासिल गर्ने भएकाे छ । नयाँ संरचना अनुसार विभाजित भइ दुर्इ जिल्ला भएकाे रुकुमका दुबै जिल्लामा माअाेवादीले एकलाैटी जित हासिल गर्ने भएकाे हाे । पूर्वी र पश्चिम रुकुम दुबैबाट प्रतिनिधि सभाका लागि माअाेवादी केन्द्रका उम्मेदवार विजयी भइसकेका छन् भने पूर्वी रुकुमकाे प्रदेश सभामा पनि माअाेवादी केन्द्रका दुबै उम्मेदवार विजयी भएका छन् । पश्चिम रुकुममा भने मतगणना जारी छ ।

पश्चिम रुकुमबाट प्रतिनिधि सभाका लागि वाम गठबन्धनेकाे उम्मेदवार बनेका जनार्दन शर्मा प्रभाकर ठूलाे मतअन्तरका साथ विजयी भएका छन् । माअाेवादी केन्द्रका नेता प्रभाकरले नेपाली कांग्रेसका गाेपाल जीजंग शाहलार्इ पराजित गरेका हुन् । प्रभाकरले २४ हजार ३७ मत प्राप्त गरेका छन भने कांग्रेसका शाहले १० हजार ७२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी पूर्वी रुकुमबाट प्रतिनिधि सभाकाे उम्मेदवार बनेकी कमला राेका पनि विजयी भएकी छन् । राेका पहिलाे निर्वाचित महिला पनि बन्न सफल भएकी छन् ।

त्यसैगरी रुकुमबाट प्रदेश सभामा पनि माअाेवादी केन्द्रले विजय हासिल गरेकाे छ । पूर्वी रुकुमकाे प्रदेश क बाट वाम गठबन्धनकाे उम्मेदवार बनेका तेजबहादुर अाेली ५ हजार ४ सय २७ मत ल्याएर विजयी भएका छन् । उनले नेपाली कांग्रेसका दुत कुमार पुनलार्इ पराजित गरेका हुन् । पुनले २ हजार १ सय ४४ मत प्राप्त गरेका छन् । त्यसैगरी पूर्वी रुकुमकै प्रदेश ख बाट माअाेवादी केन्द्रका पूर्णबहादुर घर्ती विजयी भएका छन् । घर्तीले ५ हजार ८ सय १६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १ सय ११ मत पाएका छन् ।

निर्वाचन अायाेगले पूर्वी रुकुम प्रदेश क मा १३ हजार ९ सय ३ मतदाता रहेकाेमा ८ हजार ८ सय ६१ मत मात्र खसेकाे र त्यसमध्ये पनि ३ सय मत बदर भएकाे जनाएकाे छ । त्यसैगरी पूर्वी रुकुम प्रदेश ख मा कूल १४ हजार २५ मतदाता रहेकाेमा ९ हजार २ सय २७ मते खसेकाे थियाे । साथै प्रदेश ख मा पनि ३ सय मत नै बदर भएकाे जनाएकाे छ ।

पश्चिम रुकुमकाे प्रदेश सभाका लागि भने मतगणना भइरहेकाे छ ।

Loading...