कांग्रेसले पनि खोल्यो पहिलो खाता, वाम गठबन्धनलार्इ पराजित गर्दै घले विजयी

काठमाडाैं, २२ मंसिर । सबैतिर मतगणनामा पछाडि परिरहेकाे नेपाली कांग्रेसले पहिलाे खाता मनाङबाट खाेलेकाे छ । हिमाल पारीकाे जिल्ला मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार चिन्तबहादुर घलेले वाम गठबन्धनका धाेर्जे डण्डुललार्इ पराजित गरी विजयी बनेका छन् ।

चिन्तबहादुर नेपाली कांग्रेसबाट मनाङ प्रदेश क मा उम्मेदवार बनेका थिए । उनले ९ सय ९८ मत प्राप्त गरी एमालेका धोर्जे डण्डुल गुरुङलाई १ सय २ मतअन्तरले पराजित गरेका हुन् । गुरुङले ८ सय ९६ मत प्राप्त गरेका छन् ।

मनाङ (क) मा २ हजार १ सय ७९ मतदाता रहेकोमा १ हजार ९ सय १ खसेको थियो । बिहीबार साँझ सवा ५ बजेबाट मतगणना सुरु भएको थियो । जिल्ला अदालतमा ३ छुट्टाछुट्टै ठाउँमा मतगणना गरिएकोमा प्रतिनिधि सभा र प्रदेश सभा (ख) को मतगणना भइरहेको छ ।

प्रतिनिधि सभाको करिब आधाआधी मत गनिसक्दा कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ भन्दा एमालेका पोल्देन छोपाङ गुरुङ अगाडि छन् ।

Loading...