पाँचौ बालोन डि’ओर उपाधी पनि रोनाल्डोलार्इ, मेसीसँग भयो बराबरी

काठमाडौं, २२ मंसिर । क्रिस्टियानाे राेनाल्डाेल पाँचाै पटक बालाेन डि’अाेरका विजेता बनेका छन् । रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका पाेर्चुगलका स्टार फरवार्ड राेनाल्डाेले याे अवार्ड जितेसँगै उनका चिरपरिचित प्रतिस्पर्धी लियाेनल मेसीसँग बराबरी भएकाे छ । फुटबल क्लब बार्सिलाेनाका अर्जेन्टिनी स्टार मेसीले पनि यसअघि पाँच पटक बालाेन डि’अाेर अवार्ड जितिसकेका छन् ।

गत वर्ष पनि राेनाल्डाेले याे उपाधी जितेका थिए । ३२ वर्षीय रोनाल्डोको उत्कृष्ट प्रदर्शनसँगै अघिल्लो सिजन रियल मड्रिडले घरेलु लिग ला लिगाका साथै युरोपियन क्लव फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जितेको थियो । साे क्रममा राेनाल्डाेले ४२ गोल गरेका थिए ।

फ्रान्सेली फुटबल संघले हरेक वर्ष प्रदान बालोन डि’ओर अवार्ड वितरण गर्दै अाएकाे छ । सन् २०१६ अघिसम्म फिफा र फ्रान्सेली फुटबल संघले संयुक्त रुपमा यस अवार्ड प्रदान गर्ने गर्दथे । तर, पछि फ्रान्सेली फुटबल संघले एक्लै याे पुरस्कार वितरण गर्दै अाएकाे छ ।

बालाेन डिअाेर अवार्ड जितेपछि रोनाल्डोले यस्तो उपलब्धी अाफू हरेक वर्ष हासिल गर्न चाहिरहेकाे प्रतिक्रिया दिएका छन् । उनले भने ‘रियल मड्रिडका टिममेटलाई यसका लागि धेरै धेरै धन्यबाद र मलाई यस स्तरमा पुर्‍याउन सहयोग गर्ने हरेकलाई धन्यबाद ।’

Loading...