प्रतिनिधि सभामा पनि एमालेले खोल्यो पहिलो खाता

काठमाडाैं, २२ मंसिर । वामगठबन्धनले प्रतिनिधि सभामा पनि पहिलाे खाता खाेलेकाे छ । वाम गठबन्धनबाट मुस्ताङमा नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले जित हासिल गरेका छन् । यसअघि प्रदेश सभा सदस्यमा मुस्ताङ प्रदेश क बाट एमालेकै इन्द्रधारा बिष्टले विजय हासिल गरेका थिए ।

एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ५ सय ४४ मत ल्याएर विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका राेमी गाैचन थकालीलार्इ पराजित गरेका हुन् । राेमी गाैचनले ३ हजार २ सय ८१ मत ल्याएका छन् ।

राेमी गाैचन थकाली यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा मुस्ताङबाट विजयी बनेका थिए । यसअघि मंसिर १० भएकाे पहिलो चरणकाे निर्वाचनमा मुस्ताङमा मतदान सम्पन्न भएकाे थियाे । बिहीबार साँझ ५ बजे दाेस्राे चरणकाे मतदान सम्पन्न भए लगत्तै मुस्ताङमा मत गणना सुरु भएकाे थियाे ।

याे पनि पढ्नुहाेस्

मुस्ताङबाट वाम गठबन्धनले खोल्यो पहिलो खाता

Loading...